Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु


१०, साउन २०८३
  • 127
    SHARES
  • कपिलवस्तुमा  बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु

    कपिलवस्तु । कपिलवस्तुमा शनिबार राति भएको दर्दनाक सडक दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवाको ज्यान गएको छ। तौलिहवा–भैरहवा सडकखण्डअन्तर्गत शुद्धोधन गाउँपालिका–६ स्थित बिमिहा चोक नजिक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुवै जनाको मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार तौलिहवाबाट भैरहवातर्फ जाँदै गरेको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको लु प्र ०१–००४ प ३८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करपछि मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए।

    दुर्घटनामा यशोधरा गाउँपालिका–२, पश्चिम भडेहर निवासी ३० वर्षीय रामबहादुर चाइ र २८ वर्षीय सर्जु चाइ गम्भीर घाइते भएका थिए। उनीहरूलाई तत्काल उपचारका लागि कपिलवस्तु अस्पताल, तौलिहवा पुर्‍याइए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

    घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारण खुलाउन घटनास्थलको अनुसन्धानका साथै आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

    यस दुर्घटनाले फेरि एकपटक तौलिहवा–भैरहवा सडकखण्डको सवारी सुरक्षा र सडक अनुशासनप्रति गम्भीर प्रश्न उठाएको छ। प्रहरीले सवारी चालकलाई गति नियन्त्रणमा राख्न, ट्राफिक नियमको पूर्ण पालना गर्न तथा विशेष गरी रातिको समयमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend