Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

अबका केही दिन अत्यधिक वर्षाको सम्भावना कम, तराई मधेशमा चर्को गर्मी हुन सक्ने


१०, साउन २०८३
  • 79
    SHARES
  • अबका केही दिन अत्यधिक वर्षाको सम्भावना कम, तराई मधेशमा चर्को गर्मी हुन सक्ने

    काठमाण्डाै – अहिले कोशी, बागमती र गण्डकी प्रदेशका १/२ ठाउँबाहेक अन्यत्र वर्षा भएको छैन ।

    मनसुन न्यून चापीय रेखा औसत स्थान आसपासमा रहेको र नेपालमा मनसुन थप सक्रिय नरहेकोले देशका धेरै ठाउँमा सामान्यदेखि आंशिक बादल लागे पनि वर्षा नभएको हो ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार अबका ३ दिन सीमित ठाउँमा ठूलो पानी परे पनि धेरै ठाउँमा र लामो समय ठूलो पानी पर्ने सम्भावना कम रहेको छ ।

    आज राति बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली क्षेत्रका १/२ ठाउँमा मुसलधारे वर्षा हुन सक्छ । यस्तै कोशी, मधेश र लुम्बिनी प्रदेशका केही ठाउँहरू तथा कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा मध्यम खालको वर्षा हुने देखिएको छ ।

    भोलि र पर्सि पनि यही रूपमा थोरै ठाउँमा ठूलो पानी परे पनि समग्रमा पानी कम पर्ने वा नपर्ने सम्भावना धेरै छ ।

    यसैबीच पानी कम परेसँगै यो हप्ता चर्को गर्मीले सताउने सम्भावना अत्यधिक रहेको छ । आज बिहानैदेखि देशका धेरै ठाउँमा चर्को गर्मी शुरू भइसकेको छ । अब यो क्रम ५/६ दिनसम्मै चल्ने मौसमविद्काे अनुमान् छ ।

    पहाडी क्षेत्रमा बेलुकीपख केही वर्षा हुन सक्ने भएकोले केही राहत मिले पनि तराई मधेशमा लगातार गर्मी हुन सक्छ । ३५ देखि ४० डिग्री सेल्सियस तापक्रम भए पनि बाफिलो हावाका कारण ४५ डिग्रीसम्मको तातो महसुस हुन सक्नेछ ।

    विज्ञहरूले प्रशस्त पानी तथा झोलिलो खानेकुरा खान, घाममा ननिस्कन र सुरक्षित ठाउँमा बस्न सुझाव दिएका छन् ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend