Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

नेफाले साउन १३ मा मनाउँदै ३२ औँ कार्गो दिवस, व्यापार सहजीकरणमा जोड


११, साउन २०८३
  • 158
    SHARES
  • नेफाले साउन १३ मा मनाउँदै ३२ औँ कार्गो दिवस, व्यापार सहजीकरणमा जोड

    काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२ औँ कार्गो दिवस २०२६ आगामी साउन १३ गते (जुलाई २९) काठमाडौंस्थित द सोल्टी काठमाडौंमा आयोजना गर्ने भएको छ ।

    ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ भन्ने मूल नारासहित आयोजना हुने कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रमुख अतिथिका रूपमा सहभागी हुने नेफाले जनाएको छ ।

    साेमबार आयोजित पत्रकार सम्मेलनमा नेफाका वरिष्ठ उपाध्यक्ष तथा ३२औँ कार्गो दिवसका संयोजक नरेशकुमार अग्रवालले कार्गो दिवस नेपालमा लजिस्टिक्स तथा फ्रेट फरवार्डिङ क्षेत्रका सरोकारवालाबीच संवाद, सहकार्य र नीति सुधारका लागि महत्वपूर्ण मञ्चका रूपमा स्थापित भइसकेको बताए ।

    उनले सरकार, निजी क्षेत्र, अन्तर्राष्ट्रिय संस्था, आयातकर्ता–निर्यातकर्ता, उत्पादनमूलक उद्योग, बैंक तथा बीमा क्षेत्र, एयरलाइन्स, सिपिङ लाइन तथा अन्य सरोकारवालाबीच व्यापार सहजीकरण, आधुनिक प्रविधिको प्रयोग, पूर्वाधार विकास तथा लजिस्टिक्स क्षेत्रका चुनौती र सम्भावनाबारे व्यापक छलफल हुने जानकारी दिए ।

    नेफाले हरेक वर्ष जुलाई २९ लाई कार्गो दिवसका रूपमा मनाउँदै आएको छ । यस वर्षको कार्यक्रममा कतार एयरवेज कार्गो र थाइ एयरवेज कार्गो प्लाटिनम प्रायोजक रहेका छन् भने अन्य विभिन्न एयरलाइन्स, बन्दरगाह, सिपिङ लाइन तथा व्यावसायिक संस्थाहरूको समेत सहयोग रहनेछ ।

    कार्यक्रमका अवसरमा फ्रेट फरवार्डिङ तथा लजिस्टिक्स क्षेत्रको विकास, विस्तार र व्यापार सहजीकरणमा उल्लेखनीय योगदान पु¥याउने संस्था तथा व्यक्तिलाई नेफा एनुअल अवार्ड २०२६ प्रदान गरिनेछ ।

    यसअन्तर्गत नेफा सदस्य, सरकारी तथा गैरसरकारी निकाय, उत्कृष्ट एयरलाइन्स तथा अफलाइन एयरलाइन्सलाई सम्मान गरिनुका साथै लामो समयदेखि यस क्षेत्रमा कार्यरत कर्मचारीलाई सम्मानपत्र प्रदान गरिनेछ।

    कार्यक्रममा उद्घाटन सत्र, विशिष्ट अतिथिहरूको सम्बोधन, वार्षिक पुरस्कार वितरण, लजिस्टिक्स तथा व्यापार सहजीकरणसम्बन्धी भिडियो डकुमेन्ट्री प्रस्तुति, सरकारी र निजी क्षेत्रबीच नेटवर्किङ तथा फेलोसिप कार्यक्रम तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सहभागीबीच अनुभव आदानप्रदानका सत्रहरू समावेश गरिएका छन्।

    नेफाले कार्गो दिवसलाई केवल वार्षिक उत्सवका रूपमा मात्र नभई नेपालको व्यापार, लजिस्टिक्स र आपूर्ति शृङ्खलाको विकासका लागि नीति निर्माता र निजी क्षेत्रबीच सहकार्य तथा संवाद अभिवृद्धि गर्ने प्रभावकारी मञ्चका रूपमा लिएको जनाएको छ। अन्तर्राष्ट्रिय सहभागितामार्फत नेपालको लजिस्टिक्स क्षेत्रलाई विश्वव्यापी सञ्जालसँग जोड्दै व्यापार सहजीकरण र राष्ट्रिय अर्थतन्त्रलाई थप सुदृढ बनाउन कार्यक्रमले सकारात्मक योगदान पुर्याउने विश्वास नेफाले व्यक्त गरेको छ ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend