Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

अविरल वर्षाले देशभरका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण त कतै एकतर्फी सञ्चालन


१२, साउन २०८३
  • 98
    SHARES
  • अविरल वर्षाले देशभरका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण त कतै एकतर्फी सञ्चालन

    काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको तथ्याङ्क अनुसार  ललितपुरको बागमती गाउँपालिका-३, पाण्डुरस्थित कान्ति लोकपथ आज बिहान ५:३५ बजेदेखि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। 

    यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग अन्तर्गत चारकिलो र कोदारी दुवै स्थानमा पहिरो खसेका कारण सडक पूर्ण रूपमा बन्द छ।

    कोशी प्रदेशको इलाम नगरपालिका-९, राजदुवालीस्थित मेची राजमार्ग (झापा-ताप्लेजुङ सडक) पनि अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ, यद्यपि त्यहाँ वैकल्पिक बाटो उपलब्ध रहेको छ।

    भोजपुरको मध्य पहाडी लोकमार्ग बाढीका कारण एकतर्फी मात्र सञ्चालनमा छ। त्यस्तै, बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै केही राजमार्गहरूमा रात्रिकालीन यात्रामा रोक लगाइएको छ।

    काभ्रेको खुर्कोट-नेपालथोक-कटुन्जेबेंसी खण्ड (वि.पि. राजमार्ग) मा बाढीको सम्भावनाका कारण साँझ ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४:०० बजेदेखि साँझ ६:०० बजेसम्म भने परिस्थितिको विचार गरी सवारी साधन चल्न दिइनेछ।

    त्यसैगरी, मकवानपुरको हेटौँडा-ठिङ्गन-बागमती-ललितपुर खण्ड (कान्ति लोकपथ) मा पनि सम्भावित बाढी र पहिरोको जोखिमका कारण राति ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

    वर्षातको समयमा सडकको अवस्था प्रतिकुल हुन सक्ने भएकाले यात्रा गर्नुअघि नजिकैको प्रहरी कार्यालय वा ट्राफिक कन्ट्रोलमा सम्पर्क गरेर मात्र निस्कन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

    756699792_28290089947255088_7435527024960105401_n

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend