Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

सुनसरीको देवानगञ्जमा कर्फ्यू हट्यो : निषेधाज्ञा कायमै


१२, साउन २०८३
  • 97
    SHARES
  • सुनसरीको देवानगञ्जमा  कर्फ्यू हट्यो : निषेधाज्ञा कायमै

    काठमाण्डौ - सुनसरीको देवानगञ्जमा अनिश्चितकालीन कर्फ्यु हटेको छ । यसअघि लागू भएको अनिश्चितकालीन  कर्फ्यूको आदेश गएराति सवा १२ बजेदेखि हटाइएको जिल्ला प्रशासन कार्यालय, सुनसरीले जनाएको छ  । 

    स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम तोकिएको सीमाभित्र आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने गरी जारी गरिएको कर्फ्यु हटेको हो । तर निषेधाज्ञा कायमै रहेको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले बताउनुभएको छ । 

    यसअघि इनरुवा नगरपालिका–३ र ६ को पूर्वी सीमा (महेन्द्र राजमार्ग अन्तर्गतको घोपाली टोल) पश्चिममा कोशी ब्यारेजको पुल तथा उत्तर र दक्षिण तर्फ राजमार्गको २०० मिटरको दुरीमा कर्फ्यु आदेश जारी भएको थियो । निषेधाज्ञाको बेलामा धेरैको संख्यामा भिडभाड, जुलुस, सभा गर्न पाइँदैन । 

    यसैबीच सुनसरीको देवानगञ्जमा भएको घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समिति विराटनगर पुगेको छ । गृहमन्त्री सुधन गुरुङको निर्देशनपछि नेपाल सरकारका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको हो । 

    गएराति विराटनगर पुगेको टोलीले न्युरो अस्पतालमा उपचाररत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ । साथै, घाइते तथा घटनाका प्रत्यक्ष पीडितसँग घटनाबारे बयान लिँदै आवश्यक विवरण सङ्कलन कार्य थालेको छ । समितिले घटनास्थलको निरीक्षण, प्रत्यक्षदर्शीको बयान, सुरक्षा निकायबाट प्राप्त विवरण तथा उपलब्ध प्रमाणका आधारमा घटनाको वास्तविकता पत्ता लगाउने जनाएको छ । 

    प्रारम्भिक अनुसन्धानपछि घटनामा संलग्न तथा जिम्मेवार देखिएका व्यक्तिमाथि आवश्यक कानुनी कारबाहीका लागि सरकारसमक्ष सिफारिस गरिनेछ । गृह मन्त्रालयले निष्पक्ष छानबिन गरी एक हप्ताभित्र प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिएको छ ।

    देवानगञ्ज गाउँपालिका–३ को कप्तानगञ्जमा आइतबार राति युवाहरूबीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको ज्यान गएको थियो । घटनापछि प्रशासनले कर्फ्यु लगाएको थियो । 

    Sunsari-CDO-1785206263.jpg

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend