Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

सेवा नरोक्न सरकारको अपिल, स्वास्थ्यकर्मीको सुरक्षामा प्रतिबद्धता


१२, साउन २०८३
  • 78
    SHARES
  • सेवा नरोक्न सरकारको अपिल, स्वास्थ्यकर्मीको सुरक्षामा प्रतिबद्धता

    काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आज आकस्मिकबाहेकका सेवा स्थगित गर्ने घोषणा गरेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा कुनै पनि प्रकारको अवरोध नगर्न सबै अस्पताल, चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गरेको छ।

    मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य सेवा नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको अत्यन्त संवेदनशील, जीवनरक्षक तथा अत्यावश्यक सेवा भएकाले उपचार सेवामा कुनै अवरोध आउन नदिन अपिल गरिएको छ। मन्त्रालयले चिकित्सक पेसाको गरिमा, सामाजिक उत्तरदायित्व तथा नागरिकको स्वास्थ्य अधिकारलाई आत्मसात् गर्दै सबै अस्पतालले निर्वाध रूपमा स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ।

    विज्ञप्तिमा नागरिकले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारको संरक्षण गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीले पनि सुरक्षित, सम्मानजनक र भयमुक्त वातावरणमा सेवा प्रदान गर्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने बताइएको छ। मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षा र नागरिकको उपचार अधिकार दुवै समान रूपमा महत्वपूर्ण रहेको स्पष्ट पारेको छ।

    यसैबीच मन्त्रालयले पछिल्ला दिनमा चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस्ता घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई कडा कारबाही गरिने प्रतिबद्धता पनि विज्ञप्तिमार्फत व्यक्त गरिएको छ।

    गत शनिबार वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोध गर्दै नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न माग गर्दै आज आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो। यस घटनापछि देशभर स्वास्थ्यकर्मीको सुरक्षालाई लिएर बहस चुलिएको छ भने मन्त्रालयले सेवा अवरुद्ध नगरी समस्या समाधानका लागि सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend