Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

सभामुख–कांग्रेस संसदीय दलका नेताबीच महत्त्वपूर्ण भेट : देवानगञ्ज हिंसा, बाढी–पहिरो र चिकित्सक आन्दोलनबारे गम्भीर छलफल


१२, साउन २०८३
  • 95
    SHARES
  • सभामुख–कांग्रेस संसदीय दलका नेताबीच महत्त्वपूर्ण भेट : देवानगञ्ज हिंसा, बाढी–पहिरो र चिकित्सक आन्दोलनबारे गम्भीर छलफल

    काठमाडौँ । मुलुकमा विकसित पछिल्ला राजनीतिक, सामाजिक तथा सुरक्षा सम्बन्धी घटनाक्रमका बीच सभामुख डोलप्रसाद अर्याल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेबीच मंगलबार सिंहदरबारमा महत्त्वपूर्ण भेटवार्ता भएको छ। भेटमा संसद्को आगामी भूमिका, शान्ति–सुरक्षाको अवस्था, प्राकृतिक विपद् तथा जनसरोकारका समसामयिक विषयमा विस्तृत छलफल भएको छ।

    सभामुखको कार्यकक्षमा भएको भेटका क्रममा नेता आङ्देम्बेले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाप्रति सभामुखको गम्भीर ध्यानाकर्षण गराउँदै मुलुकमा शान्ति–सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको बताएका छन्। उनले अमनचयन कायम गर्न सरकारलाई प्रभावकारी कदम चाल्न संसद्ले आवश्यक भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याएका छन्।

    भेटमा हालै पाँचथरसहित देशका विभिन्न जिल्लामा आएको बाढी र पहिरोका कारण प्रभावित नागरिकको अवस्था पनि प्रमुख रूपमा उठाइएको थियो। नेता आङ्देम्बेले विपद्पीडितको तत्काल उद्धार, राहत वितरण तथा पुनर्स्थापनाको कार्यलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने र संसद्ले पनि त्यसमा प्रभावकारी सहजीकरण गर्नुपर्ने धारणा राखेका छन्।

    त्यसैगरी वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सकमाथि भएको दुर्व्यवहार र त्यसपछि देशभर देखिएको स्वास्थ्यकर्मी आन्दोलनबारे पनि प्रतिपक्षी दलले सभामुखको ध्यानाकर्षण गराएको छ। स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्दै नागरिकले सहज रूपमा उपचार सेवा पाउने वातावरण निर्माण गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिइएको बताइएको छ।

    समसामयिक राष्ट्रिय मुद्दाहरूमा केन्द्रित यो भेटवार्तालाई संसद्को आगामी कार्यसूची, शान्ति–सुरक्षाको अवस्था तथा विपद् व्यवस्थापनका विषयमा प्रतिपक्षको धारणा सभामुखसमक्ष औपचारिक रूपमा प्रस्तुत गरिएको महत्वपूर्ण राजनीतिक संवादका रूपमा हेरिएको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend