दाङ । दाङको हापुरखोलामा नुहाउने क्रममा डुबेर एक जना बालकको ज्यान गएको छ । बुधवार तुलसीपुर उपमहानगरपालिका– १७ बघौसी स्थित हापुरखोलामा नुहाउने क्रममा डुबेर अचेत अवस्थामा फेला परेका बालकको उपचारका क्रममा ज्यान गएको हो ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ का १० वर्षीय बसन्त बोहरा रहेको प्रहरीले जनाएको छ । खोलामा डुबेर अचेत अवस्थामा फेला परेका बालकलाई उपचारका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो ।