Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

म्याद सकिनुअघि नै नवीकरण गर्नुहोस्, अब १० वर्षका लागि नयाँ लाइसेन्स


१४, साउन २०८३
  • 68
    SHARES
  • म्याद सकिनुअघि नै नवीकरण गर्नुहोस्, अब १० वर्षका लागि नयाँ लाइसेन्स

    काठमाडौं । यातायात व्यवस्था विभागले म्याद सकिन एक वर्षभन्दा कम समय बाँकी रहेका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भएका चालकलाई तत्काल नवीकरण प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। विभागले नयाँ व्यवस्थाअनुसार नवीकरणपछि चालकलाई १० वर्ष अवधिको नयाँ लाइसेन्स उपलब्ध गराइने जनाएको छ।

    विभागले जारी गरेको सूचनामा म्याद सकिन एक वर्षभन्दा कम अवधि बाँकी रहेका पुराना लाइसेन्स हाल छपाइ नगरिने भएकाले समयमै नवीकरण गरी नयाँ अवधिको लाइसेन्स लिन उपयुक्त हुने उल्लेख गरिएको छ। यसले सेवाग्राहीलाई लामो समयसम्म पुनः नवीकरणको झन्झटबाट मुक्त हुने विभागको विश्वास छ।

    यस्तै, विभागले विगत चार वर्षदेखि विभिन्न कारणले रोकिएको लाइसेन्स छपाइ कार्य पूर्ण रूपमा सम्पन्न भएको जानकारी दिएको छ। विभागका अनुसार गत असार मसान्तसम्मका सबै पुराना आवेदनको लाइसेन्स छापिसकिएको छ भने साउन ७ गतेसम्म २७ लाख ४७ हजारभन्दा बढी लाइसेन्स देशभरका विभिन्न यातायात व्यवस्था कार्यालयमा वितरणका लागि पठाइसकिएको छ।

    सुरक्षण मुद्रण केन्द्रसँग नयाँ सम्झौता भएपछि लाइसेन्स छपाइ तथा वितरण प्रक्रिया तीव्र गतिमा अघि बढेको विभागले जनाएको छ। विभागले सम्बन्धित सेवाग्राहीलाई आफ्नो लाइसेन्सको अवस्था सम्बन्धित कार्यालयबाट बुझेर आवश्यक प्रक्रिया पूरा गर्न तथा समयमै नवीकरण गर्न समेत आग्रह गरेको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend