काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ। खुला प्रतिस्पर्धामार्फत छनोट भएका उनलाई स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले पद तथा गोपनीयताको शपथ गराएकी हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अध्यक्ष पदमा डा. प्याकुरेलको नियुक्ति खुला प्रतिस्पर्धाको प्रक्रियाबाट गरिएको हो। सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, पारदर्शी र सेवामुखी बनाउने उद्देश्यका साथ नयाँ नेतृत्व चयन गरेको जनाएको छ।
नवनियुक्त अध्यक्ष डा. प्याकुरेलले बोर्डको नेतृत्व सम्हाल्दै स्वास्थ्य बीमा सेवाको गुणस्तर सुधार, सेवाको पहुँच विस्तार तथा व्यवस्थापनलाई थप सुदृढ बनाउने जिम्मेवारी सम्हाल्नेछन्।