Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

सुनसरी घटनामा सरकारमाथि कांग्रेसको प्रश्न : ‘युवाको ज्यान गएको जिम्मा कसले लिने ?’


१४, साउन २०८३
  • 84
    SHARES
  • सुनसरी घटनामा सरकारमाथि कांग्रेसको प्रश्न : ‘युवाको ज्यान गएको जिम्मा कसले लिने ?’

    काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सुनसरीमा भएको घटनामा एक युवाको ज्यान गएको विषयमा सरकारलाई जिम्मेवार ठहर गर्दै संसदमा घटनाबारे स्पष्ट जवाफ दिन माग गरेकी छन्।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले सुनसरी घटनाको वास्तविकता संसदमार्फत सार्वजनिक गर्न सरकारसँग आग्रह गरिन्। उनले नागरिकको ज्यान जानेजस्तो गम्भीर घटनामा सरकार मौन बस्न नहुने भन्दै जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाइन्।

    थापाले काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाहले यसअघि सामाजिक सञ्जालमा लेखेको स्टाटस स्मरण गर्दै सत्ता बाहिर हुँदा र सत्तामा पुगेपछि नागरिकको मृत्यु हेर्ने दृष्टिकोण किन फरक भएको भन्दै प्रश्नसमेत उठाइन्।

    उनले सुनसरी घटनामा सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै विशेषगरी प्रधानमन्त्री संवादहीन बनेको टिप्पणी गरिन्। घटनाबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गरी संसदलाई जानकारी गराउन उनले जोडदार माग गरिन्।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend