Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

प्रहरीका ४ एआईजी फिल्डमा, को कहाँ खटिए ?


१५, साउन २०८३
  • 78
    SHARES
  • प्रहरीका ४ एआईजी फिल्डमा,  को कहाँ खटिए ?

    काठमाडौँ । सुनसरीबाट सुरु भएको प्रदर्शन मधेसका जिल्लामा फैलिएपछि प्रहरी प्रधान कार्यालयले अन्यत्र पनि उच्च सुरक्षा सतर्कता अपनाएको छ । सम्भावित प्रदर्शनको जोखिम आकलन गर्दै प्रहरी प्रधान कार्यालयले लुम्बिनी प्रदेशका बाँके र कपिलवस्तुमा  एआईजीहरूलाई पठाएको छ ।

    मधेसमा एआईजी नेतृत्वको टिम परिचालन गरेसँगै प्रधान कार्यालयले लुम्बिनी र कोशी प्रदेशमा पनि हेडक्वार्टरबाट एआईजीहरूलाई फिल्डमा उतारेको हो ।

    शुक्रबार बिहान एआईजी हिमालय श्रेष्ठलाई मधेस प्रदेशमा खटाइएको थियो । सम्भावित जोखिम न्यूनीकरण गर्न ४ जना एआईजी र अन्य अधिकृतहरूलाई पनि कोशी, मधेस र लुम्बिनी प्रदेशमा खटाइएको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले  बताए । उनले भने, ‘एआईजीदेखि एसएसपी सम्म १५ जना अधिकृतहरू अहिले जोखिमयुक्त ठाउँमा खटिनुभएको छ ।’

    सुनसरीबाट सुरु भएको दुई समुदायबिचको दंगा फैलिन नदिन केन्द्रबाट खटिएका प्रहरी अधिकृतहरूलाई जनशक्ति परिचालन र सहजीकरण गर्न भनिएको छ । परिस्थितिलाई काबु बाहिर जान नदिनेगरी केन्द्रबाट खटिएका अधिकृतहरूले समन्वय गर्नेछन् ।

    सम्भावित जोखिम आकलन गरिएको बाँकेमा एआईजी सिद्धीविक्रम शाहलाई पठाइएको छ । कपिलवस्तुमा सीआईबीका एआईजी उमा प्रसाद चतुर्वेदी र सुनसरीमा ईश्वर कार्कीलाई पठाइएको छ । डीआईजीहरु दिनेश आचार्यलाई सिरहा र अबि नारायण काफ्लेलाई सप्तरीमा समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।

    को कहाँ खटिए ?

    एआईजी सिद्धीबिक्रम शाह, बाँके

    एआईजी हिमालय कुमार श्रेष्ठ, मधेस प्रदेश

    एआईजी उमा प्रसाद चतुर्वेदी, कपिलवस्तु

    एआईजी ईश्वर कार्की, कोशी प्रदेश र सुनसरी

    डीआईजी दिनेश कुमार आचार्य, सिरहा

    डीआईजी अबि नारायण काफ्ले, सप्तरी

    एसएसपी गोपालचन्द्र भट्टराई, सर्लाही

    एसएसपी सोमेन्द्र सिंह राठौर, पर्सा

    एसएसपी दीप शम्शेर जबरा, रौतहट

    एसएसपी नवराज अधिकारी, चितवन

    एसएसपी कृष्ण प्रसाद पंगेनी, महोत्तरी

    एसएसपी होबिन्द्र बोगटी, बारा

    एसएसपी ज्ञानेन्द्र प्रसाद फुँयाल, मारेरङ

    एसएसपी भुवनेश्वर तिवारी, धनुषा 

    एसएसपी अमरेन्द्र बहादुर सिंह, मधेस 

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend