Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

तराई–मधेशमा जनजीवन लयमा फर्किंदै, प्रशासनले हटायो कर्फ्यु र निषेधाज्ञा


१८, साउन २०८३
  • 76
    SHARES
  • तराई–मधेशमा जनजीवन लयमा फर्किंदै, प्रशासनले हटायो कर्फ्यु र निषेधाज्ञा


    काठमाण्डौ — एक हप्तासम्म अशान्त बनेको तराई–मधेशका विभिन्न ठाउँको जनजीवन सामान्य बन्न थालेपछि  कर्फ्यु  र निषेधाज्ञा क्रमशः हटाउन थालिएको छ ।

    सिरहाको गोलबजार क्षेत्रमा लाग्दै आएको कर्फ्यु हिजो बेलुकी ७ बजेदेखि हटाइएको छ । सुरक्षा अवस्था सामान्य बन्दै गएको निष्कर्षपछि कर्फ्यु हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ । यस्तै धनुषाको जनकपुरधाम उपमहानगरपालिकालगायत क्षेत्रमा लगाइएको निषेधाज्ञा आज बिहान ५ बजेदेखि हटाइएको छ ।

    धनुषा प्रशासनले आन्दोलनरत पक्षले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको, जिल्लाको सुरक्षा अवस्था सामान्य बन्दै गएको तथा जनजीवन क्रमशः सामान्यीकरणतर्फउन्मुख भएको जनाएको छ ।

    पछिल्लो सुरक्षा अवस्थाको समीक्षा तथा जिल्ला सुरक्षा समितिको बैठकको निर्णयका आधारमा निषेधाज्ञा हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

    कार्यालयले निषेधाज्ञा हटाइएपछि नागरिकलाई शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्दै दैनिक गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ । प्रशासनको निर्णयसँगै जनकपुरधाम क्षेत्रमा यातायात, व्यापार तथा अन्य सार्वजनिक गतिविधि सहज रूपमा सञ्चालन हुने विश्वास छ ।

    यस्तै सप्तरीमा गएको बिहीवार रातिदेखि लगाइएको कर्फ्यु हिजो दिउँसोदेखि हटाएर निषेधाज्ञा लगाइएको छ ।  बोदे बरसाइन र राजविराज क्षेत्रमा लगाइएको कर्फ्यु  हटाई त्यस क्षेत्रमा ५ जनाभन्दा बढी भेला हुन नपाइने गरी निषेधाज्ञा लगाइएको हो ।

    सुनसरीको देवानगञ्ज, भोक्राह नरसिंह, कोशी र हरिनगर गाउँपालिकामा पनि आज बिहान १० बजेसम्मका लागि निषेधाज्ञा लगाइएको छ । स्थिति सामान्य हुन थालेकाले निषेधाज्ञा क्रमशः हटाउने सप्तरी र सुनसरी प्रशासनले जनाएका छन् । 

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend