Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग, सतर्कता अपनाउन अनुरोध


१९, साउन २०८३
  • 80
    SHARES
  • बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग, सतर्कता अपनाउन अनुरोध

    काठमाडौँ । केही दिनदेखि जारी अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो जाँदा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार उपत्यका, कोशी र बागमती प्रदेशका धेरै ठाउँमा सडक पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन्।

    काठमाडौँ र ललितपुरलाई जोड्ने र बाहिरिने वैकल्पिक मार्गहरू पहिरोका कारण अवरुद्ध भएका छन्। ललितपुरको बागमती गाउँपालिका-३, पाण्डुरमा पहिरो खसेका कारण कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, काठमाडौँको नागार्जुन नगरपालिका-८, ठुलो खोलामा पहिरो जाँदा सितापाइला-धार्के सडक खण्ड पनि पूर्ण रूपमा ठप्प भएको छ।

    कोशी प्रदेशको भोजपुर र इलाममा पनि सडक अवरोध देखिएको छ। भोजपुर नगरपालिका-५, बोखिममा बाढीका कारण मध्य पहाडी लोकमार्ग एकतर्फी रूपमा मात्र सुचारु छ। त्यहाँ वैकल्पिक बाटोको व्यवस्था समेत गरिएको छ। उता इलाम नगरपालिका-९, राजदुवालीमा अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ, यद्यपि त्यहाँ पनि वैकल्पिक मार्ग प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।

    बागमती प्रदेशमा विपद्को जोखिमलाई मध्यनजर गर्दै केही राजमार्गमा समयसीमा तोकेर यातायात रोकिएको छ।

    बी.पी. राजमार्गकाे  खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४:०० देखि साँझ ६:०० बजेसम्म भने परिस्थितिको विचार गरी सवारी सुचारु गरिनेछ।

    कान्तिलोकपथकाे हेटौँडा-ठिङ्गन-ललितपुर खण्डमा पनि बाढी र पहिरोको जोखिमका कारण रातिको समयमा (साँझ ५:०० देखि बिहान ५:०० सम्म) सवारी चलाउन रोक लगाइएको छ।

    अरनिको राजमार्गकाे  सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४, चारकिलो र वडा नम्बर २, कोदारीमा पहिरो खसेका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

    प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्न र यात्राको क्रममा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। 

    763805896_971135252614377_892519409911049144_n

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend