Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

कारसहित सुनकोसीमा बेपत्ता ३ यात्रुको खोजीमा बिहानैदेखि गोताखोर परिचालन


१९, साउन २०८३
  • 70
    SHARES
  • कारसहित सुनकोसीमा बेपत्ता ३ यात्रुको खोजीमा बिहानैदेखि गोताखोर परिचालन

    काठमाडौँ ।  सोमबार सुनकोसीमा कारसहित बेपत्ता भएका तीन जनाको खोजीमा आज बिहानैबाट गोताखोरसहितका सुरक्षाकर्मी परिचालन भएका छन्। 

    सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बसले ठक्कर दिँदा तीन जना यात्रुसहितको एउटा कार सुनकोसी नदीमा खसेर बेपत्ता भएको थियो। 

    बेपत्ता भएको प्रदेश ३-०१-०२४ च ९५७३ नम्बरको कारमा चालक सिन्धुपाल्चोकको जुगल गाउँपालिका- ७ घर भएका ३९ वर्षीय दिल कुमार लामा रहेका खुलेको छ।

    लामासँगै कारमा सिन्धुलीकै तिनपाटन गाउँपालिका-९ डाँडाखर्क बस्ने वर्ष १७ वर्षीय सुरज बलम्पाकी र सिन्धुलीकै गोलान्जोर गाउँपालिका-१ का करिब २८ वर्षीय गणेश थापा सवार थिए। 

    थापा स्काभेटर चालक हुन्। बलम्पाकी हेल्पर भएका प्रहरीले जनाएको छ।  ‘बेपत्ता यात्रुको खोजीमा मंगलबार बिहानैबाट गोताखोरसहितका सुरक्षाकर्मी खटिएका छन्,’ जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी विजय श्रेष्ठले भने, ‘अहिलेसम्म बाढीमा बेपत्ता भएको कार र यात्रु फेला परेका छैनन्।’ 

    उनले बर्षाको कारण सुनकोसीमा ठूलो बाढी आएकाले गोताखोरलाई पानीमा पसेर खोजी गर्नसमेत समस्या हुने गरेको बताए।  

    खोटाङबाट काठमाडौँतर्फ आउँदै गरेको कारलाई काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८-००१०-०१४४ नम्बरको बसले ठक्कर दिएपछि कार सडकबाट अन्दाजी ३० मिटर तल सुनकोसी नदीमा खसेर बेपत्ता भएको हो। 

    बेपत्ता कार र यात्रुको खोजीकार्यको लागि विपद् व्यवस्थापन वेश खुर्कोटबाट सशस्त्र प्रहरी निरीक्षक निरेन्द्र गुरुङको कमाण्डमा गोताखोरसहितको टोली र नेपाल प्रहरीको टोलीसमेत परिचालन गरिएको छ। 

    दुर्घटनापछि बस चालक सिन्धुलीको फिक्कल गाउँपालिका ६ बस्ने २६ वर्षीय हेम बहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend