Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

सुनसरी घटनामा सहमतिको प्रयास, आज गृहमन्त्री–मृतक परिवार वार्ता


२०, साउन २०८३
  • 61
    SHARES
  • सुनसरी घटनामा सहमतिको प्रयास, आज गृहमन्त्री–मृतक परिवार वार्ता

    काठमाडौं । सुनसरीकाे देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर उपचारका क्रममा मंगलबार बिहान निधन भएका रविन्द्र मेहताका आफन्तसँग गृहमन्त्री सुधन गुरुङले छलफल गरेका छन् ।

    गृहमन्त्री गुरुङले त्रिवि शिक्षण अस्पतालमा पुगेर उनका आफन्तसँग छलफल गर्नुभएकाे हाे । गृह मन्त्रालय स्रोतले बुधबार फेरि दोस्रो चरणमा छलफल हुने भएको जनाएकाे छ। उनको शव पोस्टमार्टमका लागि बुझ्न परिवार तयार भएको र मृतकका बुबा–आमा आएपछि फेरि छलफल गर्नेगरी मंगलबारको छलफल सकिएको गृह मन्त्रालय स्रोतले जनाएकाे हाे ।

    यद्यपि रविन्द्रको शव भने अस्पतालमै राखिएको छ । परिवारले शव बुझ्न नमानेपछि गृहमन्त्री गुरुङ आफैं पुगेर छलफल गर्नुभएकाे हाे । यसअघि मंगलबारै गृहमन्त्री गुरुङले हिन्दु र मुस्लिम समुदायका नेताहरुसँग छुट्टाछुट्टै भेटघाट तथा छलफल गर्नुभएकाे थियाे।

    गृहमन्त्रालयमा भएको छुट्टाछुट्टै भेटमा दुवै समुदायका विभिन्न नेताहरुको सहभागिता थियो । गृहमन्त्री गुरुङको सचिवालयले पछिल्लो समय मुलुकका विभिन्न क्षेत्रमा देखिएको अवस्था, विवाद, शान्ति, सुरक्षा र आपसी सद्भावका विषयमा छलफल भएकाे जनाएको छ ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend