Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा


२०, साउन २०८३
  • 67
    SHARES
  • बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा

    काठमाण्डौ - गएराति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ । 

    पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै नवलपरासीमा ९७ मिलिमिटर वर्षा मापन भएको छ । त्यसै गरी सिन्धुपाल्चोक, नुवाकोट, कपिलवस्तु, नवलपरासी, बारा र म्याग्दीमा ६० देखि ८८ मिलिमिटरसम्म वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    काठमाण्डौ उपत्यकालगायत बागमती, लुम्बिनी, कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा तथा सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

    आज कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भाग तथा गण्डकी, लुम्बिनी प्रदेशका पहाडी र तराई भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    आजराति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भागका एक/दुई ठाउँमा आरीघोप्टे पानी पर्न सक्ने अनुमान छ । यसैबीच गएराति पानी परे पनि काठमाण्डौ जोड्ने मुख्य नाका नागढुंगा–मुग्लिन सडकमा नियमित रूपमा गाडी चलिरहेका छन् । 

    हिजो बिहान पहिरोका कारण केही समय एकतर्फी मात्रै सञ्चालन भएको यो सडकमा दिउँसोदेखि नियमित रूपमा गाडी चलिरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।        

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend