Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा


२०, साउन २०८३
  • 67
    SHARES
  • ‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

    काठमाण्डौ - नागरिकको गुनासो सुन्ने र सम्बोधन गर्ने ‘हेलो सरकार’मा गुनासाको चाङ लागेको छ ।

    विभिन्न बहुच्यानल फोन, वेबसाइट, फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, इमेललगायतका माध्यमबाट नागरिकले गुनासो गर्ने गरेका छन् । निःशुल्क टेलिफोन नम्बर ११११ मार्फत आउने गुनासालाई सम्बन्धित मन्त्रालय वा निकायको कल सेन्टरमा सिधै पठाउने व्यवस्था समेत गर्ने तयारी छ । हेलो सरकारमा एक वर्षमा ३२१ प्रतिशतले गुनासा बढेका छन् ।

    गएको आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको तुलनामा ३२१ प्रतिशतले गुनासो बढेका हुन् । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ५६८ गुनासा प्राप्त भएकोमा बितेको आर्थिक वर्ष २०८२/८३ मा बढेर ६९ हजार ७२४ पुगेका छन् । अर्थात् ५३ हजार १५६ गुनासा थपिएका छन् ।

    वर्तमान सरकार गठन भएपछि उल्लेख्य रूपमा गुनासो बढेको र सरकारप्रति अपेक्षा भएकै कारणले गुनासा थपिएका हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाको दाबी छ । हेलो सरकारमा पछिल्लो तीन महिनामा ५० हजारभन्दा धेरै गुनासा दर्ता भएका छन् । कार्यालयका अनुसार यो अवधिमा कुल ५० हजार ७२१ गुनासा प्राप्त भएकामा ३९ हजार १७७ गुनासाको समाधान गरिएको छ ।

    हेलो सरकारले सार्वजनिक गरेको विवरणमा सामाजिक सञ्जाल, भाइबर, ह्वाट्सएप, इमेललगायत माध्यमबाट प्राप्त गुनासाको सङ्ख्या भने यसमा समावेश नगरिएको उल्लेख छ ।     

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend