Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

प्रज्ञा प्रतिष्ठानका तीनै निकायमा नयाँ नेतृत्व नियुक्त


२३, साउन २०८३
  • 121
    SHARES
  • प्रज्ञा प्रतिष्ठानका तीनै निकायमा नयाँ नेतृत्व नियुक्त

    काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा साहित्यकार कुमार नगरकोटी नियुक्त भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले साउन २० गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसका आधारमा नगरकोटीलाई कुलपतिमा नियुक्त गरेका हुन्।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्य–सचिव तथा परिषद् सदस्यहरू नियुक्त गरिएको हो।

    नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा पर्वतका अविनाश श्रेष्ठ र सदस्य–सचिवमा रुपन्देहीका रोशन शेरचन नियुक्त भएका छन्।

    त्यस्तै, परिषद् सदस्यमा काठमाडौंकी प्रतिसरा मानन्धर, दाङका कृष्णराज चौधरी, तेह्रथुमकी सीता सुब्बा, कास्कीका तीर्थबहादुर गुरुङ, सिराहाकी रूपा कुमारी, दाङका नवीन नेपाली, काभ्रेका दीपक सापकोटा र सुर्खेतका दुर्गाबहादुर घर्ती नियुक्त भएका छन्।

    नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा एरिना ताम्राकार नियुक्त भएकी छन्। उपकुलपतिमा ललितपुरका चन्द्रश्याम डंगोल तथा सदस्य–सचिवमा दोलखाका कैलाशकुमार श्रेष्ठ नियुक्त भएका छन्।

    ललितकला प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्यमा काठमाडौंका जुपिटर प्रधान, झापाका कुबीर देवान, ललितपुरकी सङ्गी श्रेष्ठ, बाँकेका धुवराज शर्मा, सिराहाका ओमप्रकाश यादव र ललितपुरकी बिना पौड्याल नियुक्त भएका छन्।

    यसैगरी, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा ब्रजेश खनाल नियुक्त भएका छन्। उपकुलपतिमा झुमा वनेम र सदस्य–सचिवमा भुपेन्द्र सिंह रायमाझी नियुक्त भएका छन्।

    संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्यमा छेन्देको हाङ राई, जितबहादुर देउजा, सुबिमा श्रेष्ठ, सरस्वती चौधरी, राजन मुकारुङ र रेखा शाह गुरुङ नियुक्त भएका छन्।

    मन्त्रालयले सार्वजनिक गरेको सूचनासँगै प्रज्ञा प्रतिष्ठानका तीनै निकायमा नयाँ नेतृत्व र परिषद् गठन भएको हो।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend