Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

ग्यासमा कालोबजारीको आशंका : उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन


२४, साउन २०८३
  • 68
    SHARES
  • ग्यासमा कालोबजारीको आशंका : उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन

    काठमाडौं । खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुँदाहुँदै बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको गुनासो बढेपछि सरकारले निगरानी र अनुगमनलाई तीव्र बनाएको छ। गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपो तथा बिक्री केन्द्रमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ।

    भारतबाट नेपालमा ग्यास आयातमा कुनै समस्या नरहेको अवस्थामा पनि बजारमा एकाएक अभाव देखिएपछि उद्योग मन्त्रालयमा उपभोक्ताबाट लगातार गुनासो आउन थालेको थियो। ग्यास सहज रूपमा उपलब्ध हुनुपर्ने अवस्थामा डिपो तथा बिक्री केन्द्रबाट ग्यास लुकाउने, कृत्रिम अभाव देखाउने र उपभोक्तालाई महँगो मूल्य तिर्न बाध्य बनाउने गतिविधि भइरहेको आशंकापछि सरकारले प्रहरी परिचालन गरेर निगरानी थालेको हो।

    उद्योगमन्त्री गौरीकुमारी यादवले ग्यासको आपूर्ति व्यवस्थामा समस्या नरहे पनि बजारमा अभाव सिर्जना गर्ने प्रयास भइरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न गृहमन्त्री सुदन गुरुङसँग अनुगमनमा प्रहरी परिचालनका लागि आग्रह गरेकी थिइन्। मन्त्री यादवको आग्रहपछि गृहमन्त्री गुरुङले प्रहरी प्रशासनलाई आवश्यक निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

    आज बिहानैदेखि उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरी वास्तविक अवस्था बुझ्ने, ग्यासको मौज्दात तथा बिक्री वितरणको निगरानी गर्ने र उपभोक्तामाथि हुने सम्भावित ठगी नियन्त्रण गर्ने काम सुरु गरिएको छ।

    सरकारले विशेषगरी ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने, अनधिकृत रूपमा ग्यास बिक्री गर्ने वा कालोबजारीमा संलग्न हुने व्यवसायी तथा बिक्री केन्द्रमाथि तत्काल कारबाही गर्ने तयारी गरेको छ।

    अनुगमनका क्रममा प्राप्त सूचना र प्रमाणका आधारमा दोषी देखिएका व्यक्ति वा व्यवसायीमाथि प्रचलित कानुनअनुसार कारबाही अघि बढाइने गृह मन्त्रालयले जनाएको छ। उपभोक्तालाई ग्यास सहज रूपमा उपलब्ध गराउने र बजारमा अनावश्यक मूल्यवृद्धि रोक्ने उद्देश्यले अनुगमनलाई थप प्रभावकारी बनाइने सरकारी अधिकारीहरूको भनाइ छ।

    उपत्यकामा भइरहेको निगरानीबाट प्राप्त सूचनाका आधारमा आवश्यक परे देशका अन्य जिल्लामा रहेका ग्यास डिपो तथा बिक्री केन्द्रमा समेत सादा पोसाकका प्रहरी परिचालन गर्ने तयारी गरिएको छ। यसका लागि स्थानीय प्रशासन तथा सम्बन्धित निकायसँग समन्वय गरिने गृह मन्त्रालयले जनाएको छ।

    सरकारले ग्यासको आपूर्ति प्रणालीमा कुनै वास्तविक समस्या नरहेको अवस्थामा अभावको हल्ला फैलाएर उपभोक्तालाई त्रसित बनाउने र त्यसको फाइदा उठाउँदै मूल्य बढाउने प्रवृत्तिमाथि समेत निगरानी बढाउने भएको छ।

    उद्योग मन्त्रालयले ग्यास व्यवसायीलाई आपूर्ति नियमित राख्न, मौज्दात लुकाएर कृत्रिम अभाव नदेखाउन र सरकारले तोकेको मूल्यमा मात्रै बिक्री गर्न चेतावनी दिएको छ। त्यस्तै, उपभोक्तालाई पनि अभावको हल्लाका आधारमा आवश्यकता भन्दा बढी ग्यास सञ्चय नगर्न आग्रह गरिएको छ।

    सरकारले बजारमा ग्यासको वास्तविक आपूर्ति अवस्था पहिचान गरी कालोबजारी नियन्त्रणका लागि अनुगमनलाई थप कडाइ गर्ने जनाएको छ। उपभोक्तालाई सहज र उचित मूल्यमा ग्यास उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राख्दै दोषी भेटिए कारबाहीबाट पछि नहट्ने सरकारको तयारी छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend