कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत अवस्थामा फेला परेका छन्। शुक्रबार साँझदेखि सम्पर्कविहीन रहेका सिंहको शव गोरुसिङ्गे जंगल क्षेत्रमा फेला परेको हो। तिलौराकोट साझेदारी वन क्षेत्रमा बेपत्ता भएका सिंहको खोजीका लागि स्थानीयवासी तथा नेपाल प्रहरीले विशेष तालिमप्राप्त कुकुर परिचालन गर्नुका साथै ड्रोनबाट समेत खोजी गरेको थियो।
खोजीका क्रममा सिंहको शव सोही जंगल क्षेत्रभित्र फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिएका छन्। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ।