Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

पूर्वमेयर किरण सिंहको मृत्यु शंकास्पद, पोस्टमार्टमपछि खुल्ने कारण


२५, साउन २०८३
  • 108
    SHARES
  • पूर्वमेयर किरण सिंहको मृत्यु शंकास्पद, पोस्टमार्टमपछि खुल्ने कारण

    कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर ६५ वर्षीय किरण सिंह गोरुसिङ्गे जंगलमा मृत अवस्थामा फेला परेका छन्। शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन भएका सिंहको शव आइतबार मध्याह्न झाडीमा लुकेको अवस्थामा फेला परेपछि घटनालाई प्रहरीले शंकास्पद रूपमा अनुसन्धान अघि बढाएको छ।

    सिंह शुक्रबार दिउँसो करिब १:३० बजे कपिलवस्तु नगरपालिका–३ देवनगढीयास्थित घरबाट व्यावसायिक साझेदारीमा फार्म सञ्चालनको तयारीका लागि ढेकहरी वन क्षेत्रमा गएका थिए। दिउँसो करिब २:३० देखि ३ बजेको बीचमा उनले फार्मका साझेदार अशोक चाईलाई फोन गरी आफू जंगलमा हराएको र खोज्न आउन आग्रह गरेका थिए।

    त्यसपछि चाईले मोटरसाइकल छाडेर पैदल आउन भने पनि सिंह फेला परेनन्। घटनाबारे चाईले चेत्रेदेई–तिलौराकोट साझेदारी वनका कोषाध्यक्ष बलराम तिवारीलाई जानकारी गराएका थिए। तिवारीले कपिलवस्तु–१ का वडाध्यक्ष जाहिद खालाई खबर गरेपछि वडाध्यक्ष खाले साँझ करिब ५:३० बजे सिंहलाई फोन गरेका थिए।

    फोनमा सिंहले आफूले बाटो बिराएको भन्दै उद्धारका लागि आग्रह गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय गोरुसिङ्गेबाट समेत फोन गर्दा उनले आफूलाई बचाउन आग्रह गरेका थिए। साँझ ६ बजेपछि भने उनी सम्पर्कविहीन भएका थिए। राति अबेरसम्म उनको फोनमा रिङ गए पनि फोन उठेन। खोजीका क्रममा सिंहले प्रयोग गर्ने मोटरसाइकल जंगलको करिब एक किलोमिटर भित्र फायरलाइन क्षेत्रमा वनपाले हनुमान यादवले फेला पारेका थिए।

    त्यसपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी तथा तालिमप्राप्त कुकुरको समेत प्रयोग गरी खोजी तीव्र पारिए पनि शनिबारसम्म सिंह फेला परेका थिएनन्। आइतबार बैकुण्ठपुरका स्थानीयवासीले मोटरसाइकल भेटिएको स्थानबाट करिब ७०० मिटर पर खोल्सापारिको बाक्लो झाडीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार घटनास्थलबाट सिंहको पर्स, हेलमेट र मोटरसाइकलको साँचोसमेत बरामद भएको छ।

    शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टका अनुसार शव गन्हाइसकेको अवस्थामा फेला परेको थियो। शरीरमा तत्काल बाहिरी चोटपटकको स्पष्ट निसानी नदेखिएको बताउँदै उनले घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिए।

    प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्र सिंहको मृत्युको वास्तविक कारण खुल्नेछ। घटनाको प्रकृति र मृत्युको कारणबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ। सिंह २०७४ देखि २०७९ सम्म नेपाली कांग्रेसका तर्फबाट कपिलवस्तु नगरपालिकाका मेयर रहेका थिए। उनी यसअघि २०३९ र २०६४ सालमा उपमेयरसमेत बनेका थिए।

    उनका श्रीमती र दुई छोरा छन्। नेपाली कांग्रेस केन्द्रीय कार्यालय तथा जिल्ला कार्यसमिति कपिलवस्तुले छुट्टाछुट्टै शोक विज्ञप्ति जारी गर्दै सिंहप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

    पूर्व महासमिति सदस्यसमेत रहेका सिंहको मृत्युबारे गहन तथा निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न कांग्रेसले माग गरेको छ। यसैबीच, पूर्वमेयर सिंहको निधनमा कपिलवस्तु नगरपालिकाले साउन २५ गते नगरभरि शोक बिदा दिने निर्णय गरेको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend