Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

म्याग्दीमा विद्युतगृह पहिरोले पुरिंदा एक जना बेपत्ता, एक घाइते


२६, साउन २०८३
  • 85
    SHARES
  • म्याग्दीमा विद्युतगृह पहिरोले पुरिंदा एक जना बेपत्ता, एक घाइते

    काठमाडाैं। म्याग्दीको घारखोला जलविद्युत आयोजनाको विद्युतगृहमा मंगलबार बिहान पहिरोले पुरिँदा एकजना बेपत्ता र एकजना घाइते भएका छन् ।

    अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरमा रहेको विद्युत्‌गृहका कामदार अन्नपूर्ण–६ का ५५ वर्षीय दीपक बरुवाललाई पहिरोले पुरेर बेपत्ता बनाएको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीले गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र बिक घाइते भएकाे जनाएको छ ।

    प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासीको टोलीले बेपत्ता बरुवालको खोजी गरिरहेकाे हाे। बिकलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल बेनीमा पठाइएको प्रहरीले जनाएकाे छ।

    माथिल्लो भागको पहाडबाट ढुंगासहितको सुक्खा पहिरो खसेर विद्युतगृह पुरिएको थियो। पहिरोका कारण म्याग्दी हाइड्रोपावर प्रवर्द्धक रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको विद्युतगृहका उपकरणमा क्षति पुगेको र उत्पादन बन्द भएको छ ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend