Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

बाढी-पहिरोका कारण मुलुकका विभिन्न राजमार्ग अवरुद्ध (विवरणसहित)


२६, साउन २०८३
  • 116
    SHARES
  • बाढी-पहिरोका कारण मुलुकका विभिन्न राजमार्ग अवरुद्ध (विवरणसहित)

    काठमाडौँ । पछिल्लो केही दिनदेखि जारी अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीलेको पछिल्लो तथ्यांक अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै सडक खण्डहरू पूर्ण रूपमा बन्द रहेका छन् ।

    बागमती प्रदेश अन्तर्गत वीपी राजमार्ग र कान्ति लोकपथमा सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

    वीपी राजमार्गको काभ्रे खण्डमा साँझ ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म र कान्ति लोकपथको मकवानपुर खण्डमा साँझ ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको प्रहरीले जनाएको छ ।

    यस्तै, अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको लिपिङ, कोदारी र चारकिलोमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ । रसुवाको त्रिशुली-मैलुङ-स्याफ्रुबेशी सडक खण्ड पनि बाढीका कारण लामो समयदेखि बन्द रहेको छ ।

    कोशी प्रदेशको इलामस्थित मेची राजमार्ग (झापा-ताप्लेजुङ सडक) अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । यद्यपि, भोजपुरस्थित मध्य पहाडी लोकमार्ग भने बाढीका कारण एकतर्फी मात्र सञ्चालनमा रहेको छ ।

    गण्डकी प्रदेशको लमजुङस्थित मध्य पहाडी लोकमार्ग पहिरोका कारण पूर्ण रूपमा ठप्प छ । बागलुङको कालीगण्डकी करिडोर भने एकतर्फी रूपमा सञ्चालनमा आएको छ । कर्णाली प्रदेशको रुकुम पश्चिममा भेरी करिडोर र सुदूरपश्चिमको बाजुरामा कर्णाली करिडोर अन्तर्गतको कालीकोट-हुम्ला सडक खण्ड पहिरो र बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

    नेपाल प्रहरीले राजमार्गको अवस्था बुझेर मात्र यात्रा तय गर्न र जोखिमपूर्ण स्थानमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । 

    12

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend