Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

नेपाली कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने


२८, साउन २०८३
  • 110
    SHARES
  • नेपाली कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने

    काठमाडौं । नेपाली कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने भएको छ।

    केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले पार्टी केन्द्रीय कार्यालय परिसरमा महिला उद्यमशीलता सम्मेलन आयोजना गर्ने निर्णय गरेको का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए।

    सम्मेलनमा स्टार्टअप तथा साना तथा मझौला उद्यममा संलग्न महिला उद्यमीहरूको सहभागिता रहने उनले बताए। महिला उद्यमीलाई एउटै साझा मञ्चमा ल्याएर अनुभव आदानप्रदान, लगानीकर्तासँग भेटघाट, सरकारी निकायसँग समन्वय, नयाँ बजारको खोजी तथा प्रेरणादायी वातावरण निर्माण गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको प्रतिष्ठानले जनाएको छ।

    बीपी स्मृति दिवसका अवसरमा गत साउन ६ गते आयोजना गरिएको ग्रीन रन प्रतियोगिताअन्तर्गत महिला दौड भदौ ६ गते पुनः सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ।

    प्राविधिक कारणले उक्त दिन महिला दौडको विजेता घोषणा गर्न नसकिएकाले पुनः दौड आयोजना गर्न लागिएको हो। यसमा यसअघि दर्ता भएका सहभागीका अतिरिक्त नयाँ इच्छुक महिलालाई समेत सहभागी गराइनेछ।

    बैठकले प्रतिष्ठानका सदस्य राकेश सिंहको संयोजकत्वमा समुदाय पहुँच उपसमिति गठन गरेको छ। उक्त उपसमितिको सहजीकरण कांग्रेस केन्द्रीय सदस्य डा. अमिता प्रधानले गर्ने निर्णय गरेको छ।

    प्रतिष्ठानको अर्को बैठक भदौ पहिलो साता बस्ने मुख्यसचिव दुलालले बताए।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend