Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

प्रेस युनियनको १०औँ संघीय महाधिवेशन असोज १७-१८ मा काठमाडौंमा, निर्वाचन समिति गठन


३१, साउन २०८३
  • 108
    SHARES
  • प्रेस युनियनको १०औँ संघीय महाधिवेशन असोज १७-१८ मा काठमाडौंमा, निर्वाचन समिति गठन

    काठमाडौं । नेपाल प्रेस युनियनको १०औँ संघीय महाधिवेशन आगामी असोज १७ र १८ गते काठमाडौंमा हुने भएको छ। महाधिवेशनको मिति र स्थान तय भएसँगै युनियनले नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया समेत अघि बढाएको छ।

    नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा साउन ३१ गते बसेको केन्द्रीय सचिवालय बैठकले महाधिवेशन काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो। बैठकले महाधिवेशनलाई व्यवस्थित र निष्पक्ष रूपमा सम्पन्न गर्न विधानबमोजिम पाँच सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ।

    युनियनको विधान-२०४८ (सातौँ संशोधन २०८३) को धारा ४६ बमोजिम वरिष्ठ पत्रकार तेज प्रकाश पण्डितको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको महासचिव दिलीप पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

    निर्वाचन समितिको सदस्यमा अधिवक्ताहरू बाबुराम अर्याल, राजकुमार उप्रेती, प्रदीप सत्याल तथा पत्रकार बिमला तुम्खेवा रहेका छन्।
    बैठकले समितिलाई विधानअनुसार महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाउँदै आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिएको छ।

    महाधिवेशनको तयारीस्वरूप युनियनका देशभरका शाखाहरूको अधिवेशन प्रक्रिया अघि बढाउने निर्णय यसअघि नै भइसकेको छ। शाखा अधिवेशन सम्पन्न भएपछि संघीय महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुने भएकाले आगामी महाधिवेशनलाई युनियनभित्र नेतृत्व परिवर्तन र संगठनात्मक पुनर्संरचनाको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

    महाधिवेशनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, श्रमजीवी पत्रकारको हकहित, पत्रकारिता क्षेत्रका समसामयिक चुनौती तथा संगठनको आगामी कार्यदिशाबारे समेत छलफल गर्ने अपेक्षा गरिएको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend