Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान


१, भदौ २०८३
  • 64
    SHARES
  • भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

    काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ ।

    राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले भारतीय सेनाध्यक्ष सेठलाई मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको हो ।

    नेपाल र भारतबीच सन् १९५० देखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने ऐतिहासिक परम्परा रहिआएको छ ।

    सन् १९५० मा भारतीय सेनाध्यक्ष के एम करियप्पालाई नेपालले र सन् १९६९ मा नेपाली सेनापति सुरेन्द्रबहादुर शाहलाई भारतले मानार्थ महारथी दिएपछि याे परम्परा निरन्तर चल्दै आएको हाे । अहिलेसम्म भारतका २४ र नेपालका २१ सेनापतिले यो सम्मान पाइसकेका छन् ।

    सेनाध्यक्ष सेठ ३ दिने औपचारिक भ्रमणका लागि हिजो दिउँसो नेपाल आइपुग्नुभएको हो । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सत्ता सम्हालेयता भारतबाट उच्चस्तरीय भ्रमणमा आउने उहाँ सबैभन्दा वरिष्ठ अधिकारी हुनुहुन्छ ।

    रक्षामन्त्रीको समेत हैसियतमा रहनुभएका प्रधानमन्त्री शाहसँग उहाँले भेटवार्ता गर्ने तयारी रहेको छ ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend