Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टी बनाउनुपर्छ : डा .डिला संग्रौला


१, भदौ २०८३
  • 86
    SHARES
  • कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टी बनाउनुपर्छ : डा .डिला संग्रौला

    काठमाडौ । नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौला पन्तले कांग्रेसलाई समाजका सबै वर्ग, समुदाय र विचारलाई समेट्ने ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठित गर्नुपर्ने बताएकी छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार जारी केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्दै संग्रौलाले निर्वाचनमा भएको पराजय र पार्टी विभाजनको जोखिमबाट कांग्रेसलाई जोगाउँदै इतिहास, संविधान, गणतन्त्र र देशप्रतिको जिम्मेवारीबोधका साथ अघि बढ्नुपर्नेमा जोड दिइन्।

    फ्रान्सेली साहित्यकार भिक्टर ह्युगोको भनाइ उद्धृत गर्दै उनले संविधान र गणतन्त्रको रक्षा गर्ने कांग्रेसको विचारको गतिलाई कुनै पनि शक्तिले रोक्न नसक्ने दाबी गरिन्। संग्रौलाले कांग्रेसको १५औँ महाधिवेशन घोषित कार्यतालिकाअनुसार असोज १६ देखि १९ गतेभित्रै भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्नुपर्ने बताइन्। ‘जरा अभियान’ तथा आफ्नो पछिल्लो सांगठनिक भ्रमणका क्रममा कार्यकर्ता र आम नागरिकमा कांग्रेसप्रतिको आशा अझै जीवित रहेको उल्लेख गर्दै उनले पार्टीलाई अब चुस्त र प्रभावकारी सांगठनिक परिचालन आवश्यक रहेको बताइन्।

    महाधिवेशन तयारीका लागि नियमावली, निर्वाचन निर्देशिका र सदस्यता अद्यावधिकको काम तत्काल टुंग्याउनुपर्ने तथा महाधिवेशन तयारी समिति, विधान मस्यौदा समिति र प्रचार-प्रसारलगायतका उपसमिति अविलम्ब गठन गर्नुपर्ने उनको माग थियो।

    तराई-मधेशमा विकसित घटनाक्रमप्रति कांग्रेस गम्भीर हुनुपर्ने बताउँदै संग्रौलाले सामाजिक तथा जातीय सद्भाव बिथोल्ने प्रयास रोक्न पार्टीले अग्रणी भूमिका खेल्नुपर्ने धारणा राखिन्। सुनसरी घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिनका लागि कांग्रेसले अघि सारेको संसदीय छानबिन समिति गठनको मागलाई मुख्य ‘बटमलाइन’ बनाउनुपर्ने उनले बताइन्।

    उनले बहुजातीय तथा बहुसांस्कृतिक एकताको संरक्षण गर्दै मधेशमा शान्ति, सुरक्षा र भ्रातृत्व कायम गर्न कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्। सरकार गठन भएको चार महिना बितिसक्दा पनि सत्ता दिशाहीन, असक्षम र पपुलिस्ट निर्णयमा केन्द्रित भएको आरोप लगाउँदै संग्रौलाले प्रमुख प्रतिपक्षका रूपमा कांग्रेसले संसदमा जनजीविकाका सवाललाई प्राथमिकताका साथ उठाउनुपर्ने बताइन्।

    प्रदेशमा देखिएको राजनीतिक अस्थिरता र सत्ताको खिचातानीले संघीयतामाथि नै प्रश्न उठ्ने अवस्था आएको भन्दै कांग्रेसले संघीयताको पक्षमा स्पष्ट दृष्टिकोणसहित अघि बढ्नुपर्ने उनको भनाइ थियो।

    विदेशमा रहेका लाखौँ नेपालीको मताधिकार सुनिश्चित गर्न तथा जनसम्पर्क समितिलाई प्रभावकारी बनाउन स्पष्ट नीति ल्याउन पनि उनले नेतृत्वको ध्यानाकर्षण गराइन्। त्यस्तै, लामो समयदेखि तदर्थवादमा सञ्चालन हुँदै आएका नेपाल विद्यार्थी संघ, तरुण दल र महिला संघलगायत भ्रातृ संस्थाको विधान समयानुकूल संशोधन गरी तत्काल महाधिवेशनको दिशामा अघि बढाउनुपर्ने उनको सुझाव थियो।

    जनजीविकासँग जोडिएका विषयमा सरकार गम्भीर नभएको आरोप लगाउँदै संग्रौलाले १४.२ केजीको सिलिन्डर भर्ने निर्णय पूर्वतयारी र भण्डारणको पर्याप्त अध्ययनबिना गरिँदा ग्यास अभावको अवस्था सिर्जना भएको बताइन्।ग्यास आयात तथा भण्डारण क्षमता दोब्बर बनाउन कूटनीतिक पहल गर्न, विद्युत् खपतमा लगाइएका अतिरिक्त कर हटाउन, इन्डक्सन चुलोमा सहुलियत दिन तथा मुख्य सिजनमा मल अभाव झेलिरहेका किसानलाई अनुदानको मल उपलब्ध गराउन कांग्रेसले सरकारसँग प्रभावकारी पहल गर्नुपर्ने उनले बताइन्।

    नेता संग्रौलाको जोड थियो-कांग्रेस अब केवल चुनाव जित्ने पार्टी होइन, संविधान, गणतन्त्र र जनताको भरोसा जोगाउने सबै वर्ग र समुदायको साझा ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनः स्थापित हुनुपर्छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend