Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

कानुनी जटिलता नफुकाएसम्म मन्त्रिपरिषद्ले गरेका निर्णयहरू माथि अनुसन्धान गर्न सकिदैनः आयुक्त राई


४, भदौ २०८३
  • 18
    SHARES
  • कानुनी जटिलता नफुकाएसम्म मन्त्रिपरिषद्ले गरेका निर्णयहरू माथि अनुसन्धान गर्न सकिदैनः आयुक्त राई

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ’नीतिगत निर्णय’ को कानुनी जटिलता नफुकाएसम्म मन्त्रिपरिषद्ले गरेका निर्णयहरूमाथि अनुसन्धान गर्न नसकिने स्पष्ट पार्नुभएको छ ।  सिंहदरबारमा बसेको राज्य व्यवस्था समिति बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै प्रमुख आयुक्त राईले मन्त्रिपरिषद्ले गर्ने ’नीतिगत निर्णय’ को दायरा र स्पष्ट परिभाषा कानुनमा तय नभएसम्म मन्त्रिपरिषद्ले गरेका निर्णयहरूमाथि अनुसन्धान गर्न वा मुद्दा चलाउन आयोगलाई कानुनी बाधा रहेको उल्लेख गर्नुभयो ।

    उहाँले राहदानी प्रकरणमा प्रधानमन्त्रीले अनुसन्धानको प्रगति बुझ्न वा छलफल गर्न बोलाएपछि जानु स्वाभाविक प्रक्रिया भएको बताउनुभयो । राहदानी सम्बन्धी विषयमा छलफलपछि प्रक्रियालाई छिटो गरी तथ्य र कैफियतका आधारमा अभियोग पत्र तयार पारेर अदालतमा मुद्दा दायर गरिएको जानकारी दिनुभयो । राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक मन्त्रिपरिषद्मा पठाइसकिएले त्यसलाई छिटो पारित गर्न आग्रह गर्नुभयो । 

    अनुसन्धान चलिरहेको बेला कर्मचारी तथा अनुसन्धान अधिकृतहरूलाई बीचमै सरुवा गर्दा मुद्दा अलपत्र पर्ने र दोहोरो मिहिनेत लाग्ने समस्या देखिएको उहाँले बताउनुभयो । राईले आयोगमा निश्चित अवधिका लागि कर्मचारी नचलाउने वा सरुवा गर्दा आयोगको परामर्श लिने व्यवस्था गर्नुपर्ने समेत बताउनुभयो । 

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend