कपिलवस्तु । मिसन लुम्बिनी डटकमका कपिलवस्तु जिल्ला प्रतिनिधि पत्रकार इमरान खानका पूजनीय पिता मुमताज खानको २०८३ भदौ ४ गते बिहीबार भएको असामयिक निधनप्रति मिसन लुम्बिनी परिवार गहिरो दुःख व्यक्त गर्दछ।
उहाँको निधनले पत्रकार इमरान खानसहित सम्पूर्ण परिवारजनमा अपूरणीय क्षति पुगेको छ। दुःखको यस विषम घडीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै चिरशान्तिको कामना गर्दछौँ।
साथै, शोकसन्तप्त पत्रकार इमरान खान तथा सम्पूर्ण खान परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ। यस कठिन समयमा परिवारजनमा धैर्य, साहस र शोक सहन सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौँ।
