Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

भदौ २३ मा लाखौँ नागरिक सडकमा उतार्ने हमालको आह्वान : ‘आन्दोलन गर्न होइन, शहीदको सम्मानमा जुटौँ’


५, भदौ २०८३
  • 62
    SHARES
  • भदौ २३ मा लाखौँ नागरिक सडकमा उतार्ने हमालको आह्वान : ‘आन्दोलन गर्न होइन, शहीदको सम्मानमा जुटौँ’

    काठमाडौं । जेनजी अगुवा रवि किरण हमालले आगामी भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन आह्वान गरेका छन्। तर, उनले भदौ २३ लाई पुनः आन्दोलन चर्काउने दिनका रूपमा नभई गत वर्षको जेनजी आन्दोलनको स्मरण, सम्मान, शहीदप्रति श्रद्धा र राष्ट्रिय एकताको दिनका रूपमा मनाउनुपर्ने बताएका छन्।

    राष्ट्रिय नागरिक जेनजी अभियानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै हमालले भदौ २३ गते शहीदहरूको आत्माको शान्ति, आन्दोलनमा घाइते भएकाहरूको आत्मबल, शहीद परिवारको भरोसा तथा समग्र नेपालीबीचको एकताका लागि नागरिकहरू एक ठाउँमा उभिनुपर्ने बताए।

    उनले भने, ‘भदौ २३ गते आन्दोलन गर्न होइन, आन्दोलनको सम्झना र सम्मानमा जुटौँ। शहीदहरूको आत्माको शान्ति, घाइतेहरूको आत्मबल, शहीद परिवारको भरोसा र समग्र नेपाली जनताको एकता कायम गर्न लाखौँ नागरिक सडकमा उत्रिऔँ।’

    सरकारमाथि गम्भीर आरोप

    हमालले गत वर्षको आन्दोलनका क्रममा हिंसा, तोडफोड र आगजनीमार्फत राज्यविहीनताको अवस्था सिर्जना गर्ने शक्तिहरू नै अहिले सरकारको नेतृत्वमा पुगेको आरोप लगाए। जेनजी आन्दोलनले उठाएका सुशासन, पारदर्शिता, जवाफदेहिता र संस्थागत सुधारका मुद्दा सम्बोधन गर्नुपर्ने सरकार त्यसको विपरीत दिशामा अघि बढिरहेको उनको दाबी थियो।

    उनले आन्दोलनका क्रममा नागरिकले दिएको बलिदान र त्यसबाट सिर्जना भएको जनअपेक्षालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताए। जनताको अपेक्षा सम्बोधन गर्नुको सट्टा सरकार पुरानै शैलीमा अघि बढे त्यसले पुनः असन्तुष्टि जन्माउने उनको चेतावनी थियो।

    प्रधानमन्त्रीको पहिचानमाथि पनि प्रश्न

    हमालले प्रधानमन्त्रीको व्यक्तिगत पहिचानसँग जोडिएको विषयलाई समेत सार्वजनिक बहसको विषय बनाएका छन्। प्रधानमन्त्रीले आफ्नै जात र पारिवारिक पहिचान परिवर्तन गरेको दाबी गर्दै उनले त्यसप्रति प्रश्न उठाए।

    ‘प्रधानमन्त्रीले आफ्नै जातसमेत परिवर्तन गरेको कुरा गम्भीर छ। उहाँले आफ्नै समुदाय र मातापिताले दिएको पहिचानसमेत मेटाउनुभएको छ। यस्ता पात्रले देशको प्रतिनिधित्व कसरी गर्न सक्छन् भन्ने प्रश्न उठ्नु स्वाभाविक छ,’ उनले भने।

    सीमा र सन्धिका विषयमा आपत्ति

    हमालले प्रधानमन्त्रीका नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्ति तथा परराष्ट्रमन्त्रीले सुगौली सन्धि र सन् १९५० को नेपाल–भारत सन्धिको सक्कल प्रति नेपालसँग नरहेको भन्दै दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए।

    उनका अनुसार सीमा, सन्धि र राष्ट्रियतासँग जोडिएका विषय सामान्य राजनीतिक बहसका विषय मात्र नभई नेपालको सार्वभौमिकता र राष्ट्रिय हितसँग प्रत्यक्ष जोडिएका संवेदनशील विषय हुन्। त्यसैले यस्ता विषयमा सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने तथा आवश्यक छानबिन र गम्भीर बहस हुनुपर्ने उनको माग छ।

    ‘आवश्यक परे फेरि संघर्षका लागि तयार छौँ’

    गत वर्षको जेनजी आन्दोलनमा भएको बलिदान र नागरिकका अपेक्षामाथि घात गर्ने प्रयास आफूहरूलाई स्वीकार्य नहुने हमालले चेतावनी दिए। सरकार जनताको अपेक्षाअनुसार अघि नबढे आवश्यक परे आफूहरू फेरि कठिन संघर्षका लागि तयार रहेको उनको भनाइ थियो।

    ‘सरकार जुन दिशामा जानुपर्थ्यो, त्यसको ठीक विपरीत दिशामा गएको छ। अघिल्लो वर्ष जेनजी आन्दोलनका क्रममा भएको बलिदानमाथि घात गर्ने काम स्वीकार्य हुँदैन। यदि त्यस्तो अवस्था आयो भने हामी फेरि कठिन संघर्षका लागि तयार छौँ,’ हमालले भने।

    भदौ २३ मा नयाँ संकल्प गर्ने आह्वान

    हमालले भदौ २३ लाई केवल विगतको आन्दोलन सम्झिने दिनमा सीमित नगरी शहीदहरूको बलिदान, घाइतेहरूको पीडा र शहीद परिवारको अपेक्षालाई सम्मान गर्ने अवसरका रूपमा लिनुपर्ने बताए।

    उनले उक्त दिन राष्ट्रिय एकता, सुशासन, पारदर्शिता, जवाफदेहिता र जनताको आकांक्षाका पक्षमा नयाँ संकल्प गर्न सबै नेपालीलाई आह्वान गरेका छन्।

    भदौ २३ मा लाखौँ नागरिकलाई सडकमा उतार्ने हमालको आह्वानले आगामी दिनमा राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गर्ने संकेत गरेको छ। यद्यपि, उनले यसलाई तत्काल अर्को आन्दोलनका रूपमा नभई गत वर्षको जेनजी आन्दोलनको स्मरण र त्यसका मूल मुद्दाप्रति प्रतिबद्धता जनाउने अवसरका रूपमा प्रस्तुत गरेका छन्।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend