Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त


५, भदौ २०८३
  • 61
    SHARES
  • स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

    काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त भएका छन्। नियुक्तिसँगै उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

    चिकित्सा तथा स्वास्थ्य अनुसन्धानको क्षेत्रमा लामो अनुभव हासिल गरेका डा. जोशी यसअघि पनि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा महत्वपूर्ण जिम्मेवारीमा रहिसकेका छन्। उनले सन् २०२४ देखि २०२६ सम्म परिषद्को कार्यकारी सदस्यसचिवका रूपमा जिम्मेवारी सम्हालेका थिए।

    नयाँ जिम्मेवारीसँगै डा. जोशीले स्वास्थ्य अनुसन्धानलाई थप प्रभावकारी बनाउने, अनुसन्धानका क्षेत्रमा संस्थागत क्षमता अभिवृद्धि गर्ने तथा स्वास्थ्य नीतिनिर्माणमा अनुसन्धानको भूमिका बलियो बनाउने चुनौती सामना गर्नुपर्नेछ।

    डा. जोशीले सन् २००० मा युक्रेनस्थित ओडेसा स्टेट मेडिकल युनिभर्सिटीबाट एमबीबीएस गरेका हुन्। त्यसपछि उनले सन् २००९ मा नेशनल एकेडेमी अफ मेडिकल साइन्सेस (न्याम्स) बाट अर्थोपेडिक्स तथा ट्रमा विषयमा एमएस पूरा गरेका छन्।

    त्यसैगरी उनले भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालबाट आर्थ्रोप्लास्टी तथा आर्थ्रोस्कोपीमा फेलोसिपसमेत गरेका छन्। हाडजोर्नी तथा ट्रमा उपचारको क्षेत्रमा विशेषज्ञता हासिल गरेका जोशीले चिकित्सा सेवासँगै स्वास्थ्य अनुसन्धान र व्यवस्थापनको क्षेत्रमा पनि अनुभव बटुलेका छन्।

    परिषद्को सदस्यसचिवका रूपमा उनको नियुक्तिलाई स्वास्थ्य अनुसन्धानको क्षेत्रमा निरन्तरता र अनुभवलाई प्राथमिकता दिने निर्णयका रूपमा हेरिएको छ। नेपालमा स्वास्थ्यसम्बन्धी नीति, कार्यक्रम तथा उपचार प्रणालीलाई तथ्य र प्रमाणमा आधारित बनाउन स्वास्थ्य अनुसन्धानको भूमिका महत्वपूर्ण हुँदै गएकाले परिषद्को नेतृत्वमा उनको जिम्मेवारी पनि चुनौतीपूर्ण रहनेछ।

    अब डा. जोशीको नेतृत्वमा परिषद्ले राष्ट्रिय स्वास्थ्य प्राथमिकतासँग जोडिएका अनुसन्धानलाई अघि बढाउने, अनुसन्धानको गुणस्तर सुधार गर्ने तथा अनुसन्धानका निष्कर्षलाई स्वास्थ्य नीति र व्यवहारमा जोड्ने दिशामा कस्तो भूमिका खेल्छ भन्ने चासोको विषय बनेको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend