Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा. हरि शरण अर्याल नियुक्त


५, भदौ २०८३
  • 93
    SHARES
  • आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा. हरि शरण अर्याल नियुक्त

    काठमाडौं । आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा. हरि शरण अर्याल नियुक्त भएका छन्। नियुक्तिपछि उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

    आयुर्वेद चिकित्सा तथा व्यवस्थापनको क्षेत्रमा लामो अनुभव हासिल गरेका डा. अर्यालले त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसबाट बीएएमएस तथा कायचिकित्सा विषयमा एमडी गरेका छन्। एमडी अध्ययनका क्रममा उनले स्वर्ण पदकसहित विशिष्ट श्रेणी हासिल गरेका थिए।

    डा. अर्याल सन् २००९ देखि नेशनल नेचर केयर हस्पिटलमा मेडिकल डाइरेक्टरका रूपमा कार्यरत छन्। लामो समयदेखि स्वास्थ्य सेवा र आयुर्वेद चिकित्सा क्षेत्रमा सक्रिय उनले उपचार सेवासँगै अस्पताल व्यवस्थापनको अनुभवसमेत हासिल गरेका छन्।

    यसअघि उनले काठमाडौंको नरदेवीस्थित आयुर्वेद अस्पतालमा कन्सल्टेन्ट कायचिकित्सकका रूपमा समेत जिम्मेवारी सम्हालेका थिए। आयुर्वेद चिकित्सा सेवामा उनको चिकित्सकीय अनुभवलाई परिषद्को नियमन तथा व्यवस्थापनका लागि महत्वपूर्ण मानिएको छ।

    रजिस्ट्रारका रूपमा डा. अर्यालको मुख्य जिम्मेवारी आयुर्वेद चिकित्सा शिक्षण, चिकित्सक दर्ता, पेशागत मापदण्ड तथा परिषद्को प्रशासनिक कामलाई प्रभावकारी रूपमा अघि बढाउनु हुनेछ। आयुर्वेद चिकित्सा क्षेत्र विस्तार हुँदै गइरहेको अवस्थामा परिषद्को नियमन र गुणस्तर कायम राख्ने विषय उनको कार्यकालको महत्वपूर्ण चुनौती बन्ने देखिन्छ।

    उनको नियुक्तिसँगै आयुर्वेद चिकित्सा क्षेत्रमा व्यावसायिक मापदण्ड, गुणस्तरीय सेवा र प्रभावकारी नियमनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend