Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

कपिलवस्तुमा ट्रकको ठक्करबाट २२ वर्षीया युवतीको मृत्यु


५, भदौ २०८३
  • 94
    SHARES
  • कपिलवस्तुमा ट्रकको ठक्करबाट २२ वर्षीया युवतीको मृत्यु

    कपिलवस्तु । कपिलवस्तु नगरपालिका–१ स्थित नयाँटोल चोकमा ट्रकको ठक्करबाट साइकलमा सवार २२ वर्षीया युवतीको मृत्यु भएको छ। बिहीबार दिउँसो कृष्णनगरबाट भैरहवातर्फ जाँदै गरेको ना. ५ ख २३६० नम्बरको ट्रकले साइकलमा सवार कपिलवस्तु नगरपालिका–२ निवासी निशा गद्दीलाई ठक्कर दिएको थियो।

    ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी गद्दीलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल तौलिहवा लगिएको थियो। तर, उनको उपचारकै क्रममा दिउँसो करिब २ बजे चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए।

    दुर्घटनापछि प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ। प्रहरीले मोरङको सनिश्चरे नगरपालिका–१० का ४३ वर्षीय कृष्णप्रसाद खनाललाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

    साइकलमा यात्रा गरिरहेकी युवतीको ट्रकको ठक्करबाट मृत्यु भएपछि स्थानीय क्षेत्रमा समेत चिन्ता बढेको छ। दुर्घटनाको वास्तविक कारण तथा घटनासँग जोडिएका अन्य विषयबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend