Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

मुक्तिनाथ दर्शनपछि प्रधानमन्त्री वालेन्द्र शाह काठमाडौँ फर्किए


७, भदौ २०८३
  • 52
    SHARES
  • मुक्तिनाथ दर्शनपछि प्रधानमन्त्री वालेन्द्र शाह काठमाडौँ फर्किए

    मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाह केहीबेरअघि मुस्ताङबाट काठमाडौँका लागि प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाह शनिबार परिवारका सदस्यसहित मुस्ताङ पुगेका थिए। मुस्ताङ पुगेपछि उनले शनिबार अपराह्न प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा पूजार्चना गरेका थिए।

    मुक्तिनाथ दर्शनपछि प्रधानमन्त्री शाह आज जोमसोम–बेनी सडकमार्ग हुँदै संघीय राजधानी काठमाडौँतर्फ फर्किएका हुन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह जोमसोम–बेनी मार्ग हुँदै काठमाडौँका लागि प्रस्थान गरेका हुन्।

    प्रधानमन्त्रीको मुस्ताङ भ्रमण पारिवारिक तथा धार्मिक भ्रमणका रूपमा रहेको बताइएको छ। भ्रमणका क्रममा उनले मुक्तिनाथमा पूजाअर्चना गर्दै धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस क्षेत्रको अवलोकनसमेत गरेका थिए।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend