काठमाडौं । संघीय संसद्अन्तर्गत आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ ।
बिहान १० बजे बस्ने बैठकमा आउटसोर्सिङका माध्यमबाट गरिने श्रमिक व्यवस्थापनका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यसूची छ ।
बैठकमा छलफलका लागि युवा, श्रम तथा रोजगारमन्त्री र सचिवलाई बोलाइएको छ ।