Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

सूचना प्रविधि स्टार्टअपसँग अर्थमन्त्री वाग्लेको संवाद : बजेटदेखि नीतिगत सहजीकरणसम्म छलफल


इ खबर
९, भदौ २०८३
  • 80
    SHARES
  • सूचना प्रविधि स्टार्टअपसँग अर्थमन्त्री वाग्लेको संवाद : बजेटदेखि नीतिगत सहजीकरणसम्म छलफल

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रका युवा उद्यमी तथा स्टार्टअपसँग प्रत्यक्ष संवाद गर्दै सरकारको नीति, बजेट र आगामी सहजीकरणका विषयमा छलफल गर्ने भएका छन्। अर्थ मन्त्रालयको सभाहलमा आज हुने छलफलमा सूचना प्रविधि क्षेत्रका दुई दर्जनभन्दा बढी स्टार्टअपका प्रतिनिधि सहभागी हुँदैछन्। पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा बढ्दो युवा सहभागिता, नयाँ प्रविधिमा आधारित व्यवसायको विस्तार तथा स्टार्टअपले भोगिरहेका नीतिगत र व्यावहारिक समस्यालाई छलफलको मुख्य विषय बनाइएको छ।

    छलफलका क्रममा अर्थमन्त्री वाग्लेले सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारले बजेटमार्फत अघि सारेका नीति तथा कार्यक्रमबारे धारणा राख्नेछन्। बजेटमा समेटिएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन, युवा उद्यमीका प्रयास र सरकारले उपलब्ध गराउनुपर्ने सहजीकरणका विषयमा समेत उनले सरकारको दृष्टिकोण स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

    सरकारले सूचना प्रविधिलाई रोजगारी सिर्जना, उद्यमशीलता विकास र आर्थिक वृद्धिको महत्वपूर्ण आधारका रूपमा अघि बढाउन खोजिरहेका बेला स्टार्टअप क्षेत्रका प्रतिनिधिसँग हुन लागेको यो संवादलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

    कार्यक्रममा युवा उद्यमीहरूले आफूले सूचना प्रविधिको क्षेत्रमा देखेका सम्भावना र भविष्यका योजनाबारे आफ्ना धारणा राख्नेछन्। साथै, स्टार्टअप सञ्चालनका क्रममा देखिएका नीतिगत जटिलता, लगानीको वातावरण, सरकारी सेवा तथा सहजीकरण र प्रविधिमैत्री कानुनी व्यवस्थाका विषयमा उनीहरूले मौखिक तथा लिखित सुझाव दिनेछन्।

    अर्थ मन्त्रालयका लागि समेत यो छलफल निजी क्षेत्र तथा युवा उद्यमीको प्रत्यक्ष अनुभव सुन्ने र आगामी नीति निर्माणमा त्यसलाई समेट्ने अवसरका रूपमा रहनेछ। विशेषगरी सूचना प्रविधि क्षेत्रमा नयाँ पुस्ताले गरिरहेको नवप्रवर्तनलाई कसरी संस्थागत गर्ने र नेपालमै प्रविधिमा आधारित व्यवसायको वातावरण कसरी बलियो बनाउने भन्ने विषय छलफलको केन्द्रमा रहनेछ।

    नेपालमा सूचना प्रविधिको प्रयोग तीव्र रूपमा विस्तार भइरहेका बेला दक्ष युवा जनशक्तिलाई स्वदेशमै उद्यम गर्न प्रोत्साहन गर्ने, स्टार्टअपलाई लगानी र बजारको पहुँच सहज बनाउने तथा नीतिगत अवरोध हटाउने विषयलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने आवाज उठ्दै आएको छ।

    यही पृष्ठभूमिमा अर्थमन्त्री र स्टार्टअप उद्यमीबीच हुन लागेको संवादलाई आगामी आर्थिक नीति तथा बजेट कार्यान्वयनलाई थप व्यावहारिक बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

     

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend