Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

बागमतीमा एमाले, नेकपा र राप्रपाबिच सत्ता सहकार्यको सहमति


९, भदौ २०८३
  • 66
    SHARES
  • बागमतीमा एमाले, नेकपा र राप्रपाबिच सत्ता सहकार्यको सहमति

    हेटौँडा । बागमती प्रदेशमा नेकपा (एमाले),नेपाली कम्युनिष्ट पार्टी(नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बिच सरकार गठन तथा सञ्चालनका विषयमा समझदारी भएको छ ।

    संविधानको सर्वोच्चता, लोकतान्त्रिक मूल्य–मान्यता, राजनीतिक स्थायित्व, सुशासन तथा समृद्ध बागमती प्रदेश निर्माणलाई साझा उद्देश्य बनाउँदै तीन दलबिच ६ बुँदे समझदारी भएको हो ।

    मंगलबार भएको समझदारीअनुसार प्रदेश सरकारमा सत्ता साझेदार दलहरूको दलीय हैसियतका आधारमा मन्त्रालय बाँडफाँट गरिनेछ । मन्त्रालयको संख्या भने हाल कायम आठभन्दा नबढाउने सहमति भएको छ ।

    त्यस्तै, प्रदेश सभाको रिक्त सभामुख पद नेपाली कम्युनिष्ट पार्टीबाट निर्वाचित गर्ने समझदारी भएको छ ।

    सात सदस्यीय समिति गठन

    प्रदेश सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तयार गरी आगामी सात दिनभित्र सार्वजनिक गर्ने सहमति भएको छ । त्यसका लागि तीन दलका सात जना सदस्य रहेको समिति गठन गरिएको छ ।

    समितिमा नेपाली कम्युनिष्ट पार्टीबाट रत्न ढकाल, उर्मिला लामा र लक्ष्मण लम्साल, नेकपा (एमाले)बाट डा. दिनेशचन्द्र देवकोटा र केशवप्रसाद पोखरेल तथा राप्रपाबाट राजेन्द्र प्रजापती र नुरज बज्राचार्य रहेका छन् ।

    नेकपाको नेतृत्वमा संयन्त्र

    समझदारीअनुसार सुरुमा नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार सञ्चालन संयन्त्र गठन गरिनेछ । उक्त संयन्त्रले सरकार सञ्चालनका विषयमा आवश्यक सल्लाह, सुझाव र समन्वय गर्नेछ ।

    मन्त्रिपरिषद्लाई महिला सहभागितासहित समावेशी बनाउने सहमति पनि भएको छ । यस्तै, मन्त्रिपरिषद्को मर्यादाक्रममा मुख्यमन्त्रीपछि नेपाली कम्युनिष्ट पार्टी र तेस्रोमा राप्रपाको प्रतिनिधित्व रहने व्यवस्था गरिने भएको छ ।

    समझदारीपत्रमा राप्रपा संसदीय दलका नेता उद्धव थापा, नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलिया, नेपाली कम्युनिष्ट पार्टी बागमती प्रदेश सभा दलका नेता शालिकराम जम्कट्टेल र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले हस्ताक्षर गरेका छन्।

    तीन दलबिचको समझदारीसँगै बागमती प्रदेश सरकार नयाँ सत्ता समीकरणअनुसार अघि बढ्ने भएको छ।

    782455549_1613074410431069_549897676172212447_n

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend