Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

बाढी प्रभावित जिल्लाका सबै स्थानीय तह संकटग्रस्त क्षेत्र घोषित


१०, भदौ २०८३
  • 71
    SHARES
  • बाढी प्रभावित जिल्लाका सबै स्थानीय तह संकटग्रस्त क्षेत्र घोषित

    काठमाडौं । रसुवा बाढीका कारण प्रभावित जिल्लाका सबै स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । आज बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

    परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार रसुवा बाढीका कारण प्रभावित जिल्लाका स्थानीय तहहरूलाई तीन महिनाको अवधिको लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ बमोजिम विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको हो ।

    यसको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि भएको छ । रसुवागढी क्षेत्रमा आज बिहान आएको ठूलो बाढीले व्यापक क्षति पु‍र्‍याएको छ ।

    बाढी भोटेकोशीमा मिसिएपछि टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्र प्रभावित भएका छन् । बाढीले बस्ती, बजार, प्रहरी कार्यालय, सडक तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पु‍र्‍याएको विवरण आएका छन् ।

    यो घटनाबारे संसदलाई जानकारी गराउँदै परराष्ट्रमन्त्री खनालले यस्तो जानकारी दिएका हुन् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ मा विपद् संकटग्रस्त क्षेत्रको घोषणा सम्बन्धी व्यवस्था छ ।

    यसको उपदफा १ अनुसार नेपालको कुनै ठाउँमा गम्भीर प्रकृतिको विपद् उत्पन्न भएको अवस्थामा विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न आवश्यक देखिएमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो क्षेत्रको सिमाना र अवधि तोकी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नेछ ।

    तोकिएको अवधिभित्र विपद्बाट उत्पन्न स्थिति नियन्त्रण हुन नसकेमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो घोषणाको अवधि बढाउन पनि सक्नेछ ।

    विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको सूचना राष्ट्रियस्तरको सञ्चार माध्यमबाट प्रकाशन र प्रसारण समेत गर्नु, गराउनुपर्नेछ ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend