Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

बाढी अपडेट : उद्धार र राहत कार्य बिहानैदेखि तीव्र, सेना र निजी क्षेत्रका हेलिकोप्टर परिचालन


११, भदौ २०८३
  • 100
    SHARES
  • बाढी अपडेट : उद्धार र राहत कार्य बिहानैदेखि तीव्र, सेना र निजी क्षेत्रका हेलिकोप्टर परिचालन

    काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रहरूमा सरकारले खोजी, उद्धार र राहत कार्यलाई आज बिहानैदेखि थप तीव्रता दिएको छ। बाढीले ठुलो क्षति पुर्‍याएपछि तटीय क्षेत्र र प्रभावित बस्तीहरूमा राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

    जोखिममा परेका नागरिकहरूको तत्काल सहायताका लागि नेपाली सेनाको टोलीले प्रभावित क्षेत्रमा पुगेर आवश्यक खाद्यसामग्री, टेन्ट र औषधिजस्ता राहत सामग्री वितरण गरिसकेको छ। सेनाको टोलीले प्रतिकूल मौसम र रातको समयमा पनि स्थल मार्गबाट उद्धार कार्यलाई निरन्तरता दिएको थियो।

    आज बिहानैदेखि टिमुरे, स्याफ्रुबेँसी र नदी तटीय क्षेत्रहरूमा खोजी र उद्धार कार्यलाई थप सशक्त बनाइएको छ। बेपत्ता भएकाहरूको खोजीका लागि हेलिकोप्टर र पैदल टोली दुवैलाई सक्रिय रूपमा परिचालन गरिएको छ।

    सरकारले भोटेकोशी र अन्य नदी किनारामा बसोबास गर्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन विशेष आग्रह गरेको छ। बाढी र पहिरोको जोखिम अझै कायम रहन सक्ने भन्दै सुरक्षित स्थानमा रहन र सरकारी संयन्त्रको सम्पर्कमा रहन सूचित गरिएको छ। 

    राहत र उद्धार कार्यमा कुनै कसर बाँकी नराख्ने सरकारले प्रतिबद्धता जनाएको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend