टिमुरे, स्याफ्रुबेंसी र मैलुङमा कार्यरत कर्मचारी बाढीपछि सम्पर्कविहीन, बैंकद्वारा फोटो सार्वजनिक
काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा बुधबार आएको भीषण बाढीपछि का ७ जना कर्मचारी सम्पर्कविहीन भएका छन्। बाढीपछि बैंकको टिमुरे शाखा, स्याफ्रुबेंसी शाखा तथा मैलुङ एक्सटेन्सन काउन्टरमा कार्यरत कर्मचारीहरू सम्पर्कमा नआएका हुन्।
सम्पर्कविहीन हुनेमा स्याफ्रुबेंसी शाखाका शिव प्रसाद लम्साल, जितमान घले, पेम्बा दावा लोपेचान, पासाङ याङ्जेन तामाङ र भीम बहादुर खड्का रहेका छन्। त्यस्तै, टिमुरे शाखामा कार्यरत डोल्मा लामा र मैलुङ एक्सटेन्सन काउन्टरका मुकेश खड्का पनि बाढी आएपछि सम्पर्कविहीन रहेको बैंकले जनाएको छ।
सम्पर्कको प्रयास जारी
बाढीपछि उनीहरूसँग निरन्तर सम्पर्कको प्रयास गरिए पनि सम्पर्क हुन नसकेको बैंकले जनाएको छ। कर्मचारीहरूको अवस्था यकिन हुन नसकेपछि बैंकले उनीहरूको तस्बिर सार्वजनिक गर्दै देखे वा भेटेमा तत्काल बैंक वा सम्बन्धित निकायलाई जानकारी गराइदिन अनुरोध गरेको छ।
भोटेकोशी क्षेत्रमा आएको बाढीले जनधनमा ठूलो क्षति पुर्याएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले सम्पर्कविहीन कर्मचारीहरूको अवस्थाबारे पनि खोजी भइरहेको जनाइएको छ।
बैंकको अपिल
बैंकले सम्पर्कविहीन कर्मचारीहरूबारे कुनै जानकारी प्राप्त भएमा तत्काल सम्बन्धित परिवार वा बैंकलाई जानकारी गराउन आग्रह गरेको छ। घटनाले बाढी प्रभावित क्षेत्रमा कार्यरत कर्मचारी तथा स्थानीयको सुरक्षामाथि गम्भीर चिन्ता थपिएको छ।