Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

रसुवाको विनाशकारी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो, ९७७ अझै बेपत्ता


१२, भदौ २०८३
  • 62
    SHARES
  • रसुवाको विनाशकारी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो, ९७७ अझै बेपत्ता

    काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या ४६९ पुगेको छ। नेपाल प्रहरीले आज बिहान ७ः३० बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी तथा विपद्का घटनामा परी ९७७ जना अझै बेपत्ता छन्।

    प्रहरीका अनुसार हालसम्म देशका विभिन्न जिल्लाबाट ४६९ जनाको शव फेला परेको छ। तीमध्ये सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनबाट मात्रै १७८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

    त्यस्तै, नवलपरासी पूर्वमा ११०, गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव फेला परेको छ। गोरखामा फेला परेका शवमा विभिन्न मानव अंगसमेत रहेको प्रहरी विवरणमा उल्लेख छ।

    बाढी तथा पहिरोका कारण ठूलो मानवीय क्षति भएपछि सुरक्षा निकायले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ। अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेकाले बेपत्ताको खोजी तथा पहिचान कार्य चुनौतीपूर्ण बनेको छ।

    प्रहरीका अनुसार विपद्मा परी हालसम्म ७३ जना घाइते भएका छन्। घाइतेमध्ये रसुवा जिल्लामा मात्रै ४३ जना रहेका छन्। घाइतेहरूको विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ।

    उद्धारतर्फ भने हालसम्म ३ हजार २५३ जनालाई जीवितै उद्धार गरिएको छ। तर, झन्डै एक हजार मानिस अझै सम्पर्कविहीन रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने र बेपत्ताको अवस्था पत्ता लगाउन थप समय लाग्न सक्ने देखिएको छ।

    विशेषगरी रसुवा, नुवाकोट, धादिङलगायत बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार टोलीले जोखिम मोलेर खोजी अभियान सञ्चालन गरिरहेका छन्। सडक तथा पुललगायतका भौतिक संरचनामा क्षति पुगेका कारण कतिपय प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्‍याउनसमेत कठिनाइ भइरहेको छ।

    विनाशकारी बाढीपछि ठूलो मानवीय क्षति व्यहोरेको मुलुकमा अहिले बेपत्ताको खोजी, शव पहिचान, घाइतेको उपचार तथा प्रभावित नागरिकको सुरक्षित स्थानान्तरण मुख्य प्राथमिकतामा परेको छ। प्रहरीको पछिल्लो तथ्यांकले विपद्को भयावहता अझै गम्भीर रहेको देखाएको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend