काठमाडौं । नेपालमा आएको भीषण बाढीको प्रभाव भारतको उत्तर प्रदेशसम्म देखिएको छ। बाढीका क्रममा नदीमा बगेका हुनसक्ने सातवटा शव भारतको महराजगंज र कुशीनगर क्षेत्रमा गण्डक (नारायणी) नदीबाट फेला परेका छन्। तीमध्ये चार शव महराजगंज र तीन शव कुशीनगरबाट बरामद गरिएको भारतीय अधिकारीहरूले जनाएका छन्।
फेला परेका सात शवमध्ये पाँच महिला र दुई पुरुषका रहेको बताइएको छ। शवहरू नेपालतर्फबाट आएको भीषण बाढीका कारण गण्डक नदीको तीव्र बहावसँगै भारततर्फ बगेर आएको हुनसक्ने भारतीय अधिकारीहरूको प्रारम्भिक अनुमान छ। अहिलेसम्म कुनै पनि शवको पहिचान हुन सकेको छैन।