Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गरिने


१२, भदौ २०८३
  • 56
    SHARES
  • प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गरिने

    काठमाडौं । नेपाल–चीन सीमा क्षेत्र र भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्रीसहित सम्पूर्ण मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने भएको छ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

    मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, भदौ १० गते नेपाल–चीन सिमाना एवं भोटेकोशी नदीमा भएको विपद्बाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने।

    भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएपछि सरकारले उद्धार, राहत तथा पुनःस्थापनालाई प्राथमिकतामा राख्दै आएको छ।

    सरकारका उच्च पदाधिकारीले आफ्नो एक महिनाको पारिश्रमिक विपद् कोषमा योगदान गर्ने निर्णयलाई विपद्का बेला राज्य संयन्त्रको ऐक्यबद्धता र प्रभावित नागरिकप्रतिको सहयोगको सन्देशका रूपमा हेरिएको छ।

    यसअघि पनि प्राकृतिक विपद्का बेला विभिन्न क्षेत्रबाट प्रधानमन्त्री दैवी प्रकोप कोषमा आर्थिक सहयोग जुटाउँदै प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने अभ्यास रहँदै आएको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend