Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

भोटेकोशी बाढीको भयावह क्षति : मृतकको संख्या ५३८ पुग्यो, ९७७ अझै सम्पर्कविहीन


१२, भदौ २०८३
  • 77
    SHARES
  • भोटेकोशी बाढीको भयावह क्षति : मृतकको संख्या ५३८ पुग्यो, ९७७ अझै सम्पर्कविहीन

    काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले निम्त्याएको मानवीय क्षतिको आँकडा झनै भयावह बन्दै गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १२ गते दिउँसो ३ बजेसम्मको तथ्याङ्क सार्वजनिक गर्दै बाढीबाट हालसम्म ५३८ जनाको मृत्यु भएको जनाएको छ।

    प्राधिकरणका अनुसार बाढीको सबैभन्दा ठूलो मानवीय क्षति चितवनमा भएको छ। चितवनमा मात्रै २२१ जनाको मृत्यु भएको छ। त्यस्तै, नवलपरासी पूर्वमा १३४, गोरखामा विभिन्न मानव अंगसहित ४६, नुवाकोटमा ३७ र धादिङमा ३३ जनाको शव फेला परेको छ।

    त्यसैगरी तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। बाढी तथा विपद्का घटनामा परी हालसम्म ७३ जना घाइते भएका छन्। घाइतेमध्ये रसुवामा ४३, नुवाकोटमा २७ र धादिङमा ३ जना रहेका छन्।

    ९७७ अझै सम्पर्कविहीन

    बाढीपछि ठूलो संख्यामा मानिस सम्पर्कविहीन बनेका छन्। प्राधिकरणका अनुसार ९७७ जना अझै सम्पर्कमा आएका छैनन्। सम्पर्कविहीन हुनेमा विदेशी नागरिकको संख्या उल्लेख्य रहेको छ।

    तथ्याङ्कअनुसार ५१७ जना विदेशी नागरिक तथा नेपाल भ्रमणमा आएका वा विदेशमा बसोबास गर्ने १२७ जना नेपाली अझै सम्पर्कविहीन छन्। जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (डीईओसी) बाट प्राप्त विवरणअनुसार रसुवामा १६१, मकवानपुरमा ६६ र नुवाकोटमा १ जना हराइरहेका छन्।

    उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत बेपत्ता

    विपद्को समयमा नागरिकको उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी र कर्मचारीसमेत बाढीको चपेटामा परेका छन्। प्राधिकरणका अनुसार नेपाली सेनाका ४५, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना अझै सम्पर्कविहीन छन्।

    भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीले नदीको तल्लो तटीय क्षेत्रसम्म ठूलो क्षति पुर्‍याएको छ। तीव्र बहावका कारण शव तथा मानिसहरू टाढासम्म बगाएको हुनसक्ने भएकाले रसुवादेखि चितवनसम्म विभिन्न नदी तटीय क्षेत्रमा खोजी अभियान विस्तार गरिएको छ।

    बाढीपछि बेपत्ताको खोजी, शव संकलन तथा पहिचान र प्रभावित नागरिकको उद्धारलाई तीव्र पारिएको छ। तर ठूलो भूभागमा फैलिएको विपद्, नदीको तीव्र बहाव र क्षतिग्रस्त भौतिक संरचनाका कारण खोजी तथा उद्धार अभियान अझै चुनौतीपूर्ण बनेको छ।

    ५३८ जनाको मृत्यु र ९७७ जना सम्पर्कविहीन रहेको पछिल्लो तथ्याङ्कले भोटेकोशी बाढी नेपालले पछिल्लो समय व्यहोरेका सबैभन्दा गम्भीर मानवीय विपद्मध्ये एक बनेको देखाएको छ। अहिले राज्यसामु बेपत्ताको खोजी, विदेशी नागरिकको अवस्था यकिन गर्ने र प्रभावित परिवारलाई तत्काल राहत तथा पुनःस्थापना उपलब्ध गराउने मुख्य चुनौती रहेको छ।

     
     
     

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend