Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

बाढीपहिरो पीडितका लागि एमालेको २० लाख सहयोग, युवा स्वयंसेवक फोर्स पनि परिचालन


१२, भदौ २०८३
  • 28
    SHARES
  • बाढीपहिरो पीडितका लागि एमालेको २० लाख सहयोग, युवा स्वयंसेवक फोर्स पनि परिचालन

    काठमाडौं । नेकपा एमालेले बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री राहत कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि पार्टीको युवा स्वयंसेवक फोर्स परिचालन गरिएको हो।

    स्वयंसेवकहरूलाई प्रभावित क्षेत्रमा खटिन बिदाइ गर्ने क्रममा राहत कोषमा आर्थिक सहयोग गर्ने घोषणा गरिएको एमाले सचिव महेश बस्नेतले जानकारी दिए। एमालेका अनुसार वाग्मती प्रदेश कमिटीले १० लाख र राजधानी प्रदेश कमिटीले १० लाख रुपैयाँ गरी कुल २० लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिनेछ।

    बाढीपहिरोका कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला एमालेले आर्थिक सहयोगसँगै स्वयंसेवक परिचालन गरेर उद्धार तथा राहत अभियानमा प्रत्यक्ष सहभागिता जनाएको हो। एमालेका युवा स्वयंसेवकहरू प्रभावित क्षेत्रमा पुगेर उद्धार, राहत वितरण तथा आवश्यक सहयोगमा खटिने बताइएको छ।

    पछिल्लो समय बाढीपहिरो प्रभावित नागरिकको उद्धार तथा पुनःस्थापनाका लागि राजनीतिक दल, संघसंस्था तथा विभिन्न समूहले राहत कोषमा आर्थिक सहयोग गर्ने र स्वयंसेवक परिचालन गर्ने क्रम बढेको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend