Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

रसुवाको विनाशकारी बाढीपछि ‘शिलापत्र’का प्रकाशक सुरेश सिम्खडा परिवारसहित सम्पर्कविहीन


१३, भदौ २०८३
  • 174
    SHARES
  • रसुवाको विनाशकारी बाढीपछि ‘शिलापत्र’का प्रकाशक सुरेश सिम्खडा परिवारसहित सम्पर्कविहीन

    कैलाश मानसरोवर यात्राका क्रममा टिमुरे पुगेका सिम्खडासँग १० भदौ बिहानदेखि सम्पर्क छैन, खोजी तथा उद्धारका लागि परिवार र ‘शिलापत्र’को आग्रह

    काठमाडौं । रसुवाको भोटेकोसी (ल्हेन्दे) नदीमा आएको विनाशकारी बाढीपछि शिलापत्र मिडिया नेटवर्कका प्रकाशक सुरेश सिम्खडा परिवारका सदस्यसहित सम्पर्कविहीन भएका छन्।

    सिम्खडा ९ भदौमा काठमाडौंँबाट कैलाश मानसरोवर यात्राका लागि रसुवा हुँदै तिब्बततर्फ प्रस्थान गरेका थिए। यात्राका क्रममा उनी आमा गोमा सिम्खडा र दिदी शारदा सिम्खडासहित रसुवाको टिमुरेमा रहेको होटल कैलाशमा बसेका थिए।

    बाढी आएको १० भदौको बिहान करिब साढे ७ बजेसम्म काठमाडौंस्थित परिवार तथा शिलापत्रसँग उनीहरूको सम्पर्क भएको थियो। त्यसपछि भने सिम्खडा र उनका परिवारका सदस्यसँग कुनै सम्पर्क हुन सकेको छैन।

    ४७ सदस्यीय टोलीसँगै यात्रामा
    सिम्खडा परिवार ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डे सञ्चालक रहेको हिमालयन ग्लेसियर एड्भेन्चर एन्ड कम्पनीमार्फत कैलाश मानसरोवर यात्रामा निस्किएको बताइएको छ।
    उक्त टोलीमा सिम्खडा परिवारसहित ४० जना विदेशी पर्यटक र ७ जना नेपाली स्टाफ गरी ४७ जना सहभागी रहेको कम्पनीले जनाएको छ।

    १० भदौमा रसुवागढी क्षेत्रबाट उक्त टोलीसँग समेत सम्पर्क हुन नसकेपछि कम्पनीले खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत उद्धारमा संलग्न निकायसँग सहयोगको आग्रह गरेको छ।

    खोजी तथा उद्धारमा तीव्रता दिन आग्रह

    सिम्खडा परिवारसँग सम्पर्कविहीन भएको घटनाप्रति परिवारजन, शिलापत्र मिडिया नेटवर्क तथा सम्बन्धित पक्षले चिन्ता व्यक्त गरेका छन्।

    धादिङको गंगाजमुना गाउँपालिका–३ स्थायी घर भएका सिम्खडाको खोजी तथा उद्धारका लागि स्थानीय तहले समेत सूचना जारी गरेको छ।
    बाढीका कारण रसुवाको टिमुरे, रसुवागढी तथा आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको र सञ्चार तथा यातायात सम्पर्कसमेत प्रभावित भएको अवस्थामा सिम्खडा परिवारको अवस्था अझै अज्ञात रहेको छ।

    शिलापत्र मिडिया नेटवर्कले प्रकाशक सुरेश सिम्खडासहित उनकी आमा गोमा र दिदी शारदाको तत्काल खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय प्रशासन तथा उद्धारमा संलग्न सबै निकायलाई विशेष आग्रह गरेको छ।

    परिवारजनले समेत सम्भावित सबै स्थानमा खोजी तीव्र पार्दै सिम्खडा परिवारको सकुशल उद्धारका लागि पहल गरिदिन सम्बन्धित निकायसँग अनुरोध गरेका छन्।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend