Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

ऊर्जा दक्षतायुक्त घर निर्माणमा जोड


२१, साउन २०८०
  • 220
    SHARES
  • ऊर्जा दक्षतायुक्त घर निर्माणमा जोड

    काभ्रे । घर वा व्यावसायिक भवन निर्माण गर्दा ऊर्जा खपत कम हुने एवं वातावरणमैत्री बनाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । युरोयिन युनियनअन्तर्गत स्वीच एशिया कार्यक्रमको सहयोगमा सञ्चालित बिल्डिङ इनर्जी इफिसेन्सी इन नेपाल (बिन) द्वारा बागमती प्रदेशका जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा विज्ञहरुले सो धारणा व्यक्त गरेका हुन् । 

    तीव्र सहरीकरण र आधुनिक जीवनशैलीका कारण निर्माण गरिएका घर तथा भवनभित्र तताउन वा चिस्याउन कूल ऊर्जाको झन्डै ६० प्रतिशत खपत हुने गरेको बताइएको छ । स्थानीय सरकारले भवनको आचारसंहिता तर्जुमा वा कार्यान्वयन गराउँदा भूकम्पीय सुरक्षाजस्तै ऊर्जा दक्षतामा पनि ध्यान दिनुपर्ने विज्ञहरुको सुझाव छ । 

    कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले मानिसको अधिकांश समय घर वा भवनभित्र नै व्यतित हुने हुँदा घरलाई ऊर्जा एवं वातावारणमैत्री राख्न आवश्यक भएकाले पालिकाले अब बन्ने नयाँ घरहरुमा यस विषयलाई महत्व दिने बताउनुभयो । धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार बेञ्जुले जलवायु परिवर्तनका समस्या न्यूनीकरण र दिगो विकासका लक्ष्य हासिल गर्न सहरलाई दिगो र ऊर्जा दक्षतायुक्त बनाउनुपर्नेमा जोड दिनुभयो । 

    काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनता डङ्गोलले गोरखा भूकम्पपछि कसरी बलियो घर बनाउने भन्ने चेतना आएजस्तै ऊर्जा दक्षतायुक्त घर कसरी बनाउने र स्वच्छ ऊर्जाको प्रयोग कसरी बढाउने भन्ने चेतनाको विकास गराउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

    युरोपियन युनियनका वरिष्ठ कार्यक्रम प्रबन्धक रञ्जन श्रेष्ठले युनियनले कृषि, ऊर्जा, शिक्षा, सुशासनजस्ता क्षेत्रमा ५० वर्षदेखि नेपालमा काम गर्दै आएको उल्लेख गर्दै यस कार्यक्रममार्फत वातावरण र ऊर्जामैत्री घर निर्माण गरी बढ्दो हरितगृह ग्यासको उत्सर्जनलाई न्यूनीकरणमा जोड दिइएको बताउनुभयो । 

    बिनका टोली प्रमुख सुयेश प्रजापतिले सन् २०२२ देखि कार्यान्वयनमा आएको यस कार्यक्रममार्फत ऊर्जा दक्ष तथा नवीकरणीय ऊर्जा प्रयोग जडित २०० वटा भवनहरू निमार्ण गर्न सहजीकरण गर्ने, ऊर्जा दक्ष तथा नवीकरणीय ऊर्जा प्रयोग गरी आठ वटा नमुना भवन निर्माण गर्न सहयोग गर्ने, यसका लागि जनशक्ति विकास वित्त व्यवस्थापन एवं बजारीकरणमा जोड दिइएको जानकारी दिनुभयो । 

    सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईले देशभरि एउटै ढाँचाको नभई ठाउँ, त्यहाँको हावापानीअनुसार घर वा भवनहरु निर्माण गर्नुपर्छ भन्नुभयो । 

    विभिन्न विज्ञहरुद्वारा कार्यपत्र प्रस्तुत गरिएको सो कार्यक्रममा बागमती प्रदेशका महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख, उपप्रमुख र प्राविधिकहरुको सहभागिता रहेको थियो । 

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend