Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या ७ सय ८१ जना पुग्यो, २५ सय बढी सम्पर्कविहीन


१५, भदौ २०८३
  • 151
    SHARES
  • रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या ७ सय ८१ जना  पुग्यो, २५ सय बढी सम्पर्कविहीन

    काठमाडौं । यहि भदौ १० गते बुधबार रसुवाकाे भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ७ सय ८१ जना पुगेको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १ सय ९९, नवलपरासी पश्चिममा १ सय, तनहुँमा ३७ र चितवनमा २ सय ७२ जनाको शव तथा मानव अंग भेटिएको जनाएकाे हो । बाढीपश्चात सम्पर्कविहीन हुनेको संख्या २ हजार ५ सय २ रहेको छ ।

    सम्पर्कविहीन हुनेमा २५ नेपाल प्रहरी, ४५ नेपाली सेना, १३ सशस्त्र प्रहरी बल नेपाल, १५ जना भन्सार कार्यालयका कर्मचारी र चार जना अध्यागमन कार्यालयका कर्मचारी रहेका हुन् ।

    विभिन्न जलविद्युत आयोजनमा कार्यरत ९ सय ३३, विदेशी ५ सय ९२ जना, विदेशीसँगै घुम्न गएका नेपाली १ सय २७ जना, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन कर्मचारी र क्वारेन्टाइन कार्यालयका तीन कर्मचारी पनि सम्पर्कविहीन छन् ।

    त्यस्तै, रसुवाका ५ सय ६२, नुवाकोटका १ सय १५ र मकवानपुरका ६५ जना पनि सम्पर्कविहीन भएका हुन् । प्राधिकरणले हालसम्म बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार गरिएको छ ।

    जलविद्युत् आयोजनाका सुरुङबाट २ सय ७९ जनाको उद्धार गरिएको जनाइएको हाे। नेपाली सेनाले २ सय ५४ विदेशी र तीन हजार ६७ नेपालीको हवाई उद्धार गरेको छ।

    बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा २० हजार ६ सय १८ सुरक्षाकर्मी परिचालन गरिएको हाे। प्राधिकरणले ७ हजार ८ सय ९४ नेपाल प्रहरी, आठ हजार ५ सय २१ जना नेपाली सेना र चार हजार २ सय ३ सशस्त्र प्रहरी खोज तथा उद्धारमा बाढी प्रभावित क्षेत्रमा खटाएको जनाएकाे छ ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend