Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

भोटेकोशी बाढीपछि रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा सेनाको खोजी : मानवीय उपस्थिति भेटिएन


१५, भदौ २०८३
  • 46
    SHARES
  • भोटेकोशी बाढीपछि रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा सेनाको खोजी : मानवीय उपस्थिति भेटिएन

    काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवागढी जलविद्युत् आयोजना (आरएचपीएल) को सुरुङभित्र फसेको आशंका गरिएका कामदारको खोजीमा खटिएको नेपाली सेनाको टोली फर्किएको छ।

    प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित सुरुङभित्र विस्तृत खोजी गरिएको थियो। टोलीले सुरुङको भित्री भाग हुँदै अन्तिम बिन्दुसम्म पुगेर ड्रोनमार्फत समेत निरीक्षण गरेको थियो।

    तर, लामो समयसम्म गरिएको खोजीका क्रममा सुरुङभित्र कुनै पनि मानिसको उपस्थिति फेला नपरेको सचिवालयले जनाएको छ।

    भोटेकोशी नदीमा आएको बाढीपछि आयोजनाको सुरुङमा कामदार फसेको हुनसक्ने आशंका गरिएको थियो। त्यसपछि नेपाली सेनाको उद्धार टोलीलाई तत्काल खोजी तथा उद्धारका लागि परिचालन गरिएको थियो।

    सुरुङको अन्तिम भागसम्म पुगेर प्रत्यक्ष निरीक्षण तथा ड्रोनबाट समेत खोजी गर्दा मानवीय उपस्थिति नभेटिएपछि सुरुङभित्र कोही पनि नरहेको निष्कर्षसहित नेपाली सेनाको टोली रसुवाको धुन्चे फर्किएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    यस घटनाले बाढीपछि आयोजनाको सुरुङमा कामदार फसेको हुनसक्ने आशंकाबीच गरिएको खोजी अभियान तत्कालका लागि टुंगिएको छ।

    66c6b43b-49be-4b21-a596-34c2109e86f1_jHi0JX1TEf-768x432.jpg

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend